मुम्बईमा ‘प्रेम गीत ३’ को हाइ:प, प्रदीप खड्का सहित सबैलाई भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौं, भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ ।

विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका छन् । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेम गीत ३ काबारेमा अन्तर्वार्ता लिएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेम गीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

तस्बिर साैजन्य : मिलन ढुंगाना 

प्रकाशित : बुधबार, असोज ०५, २०७९११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी चर्चित बलिउड अभिनेत्री जो आफ्नो श्रीमानको पहिलो विवाहमा थिए बच्ची !