आउँदो महिना यी राशिमा रहनेछ दुष्ट ग्रहको पनि विशेष कृपा, हुनसक्छ ठूलो धन लाभ !

ज्योतिष शास्त्र अनुसार शनि ग्रहलाई दुःख र पीडाको कारक मानिन्छ। यसलाई कुम्भ र मकर राशिको स्वामी पनि भनिन्छ। जसको जन्मपत्रिकामा शनि भारी हुन्छ, उनीहरुले जीवनमा अनेक समस्याको सामना गर्नुपर्ने हुन्छ। अक्टोबरमा शनि ग्रह मार्गी हुँदैछ। शनि ग्रह मार्गी हुँदा यसले धेरै राशिहरूमा प्रतिकूल प्रभाव पार्न सक्छ र धेरैलाई राम्रो प्रभाव पार्न सक्छ।

ज्योतिष शास्त्रका अनुसार यस अवधिमा शनिदेवको विशेष कृपा रहने र यो समय उनीहरुका लागि लाभदायक हुनसक्ने धेरै राशिहरु छन्। यो अवधिमा कुन राशिका मानिसलाई शनिदेवको कृपा मिल्नेछ, हामी यहाँ ती राशिहरुको बारेमा जानकारी दिनेछौँ।

मीन राशि 

ज्योतिष शास्त्रका अनुसार मीन राशिका मानिसहरूलाई यस अवधिमा शनिदेवको आशीर्वाद प्राप्त हुनेछ। आर्थिक लाभका साथै तपाईंको आम्दानी बढ्न सक्छ। यसो गर्दा तपाईं आर्थिक रूपमा बलियो बन्न सक्नुहुन्छ। व्यापार व्यवसायमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ। यसका साथसाथै आम्दानीका नयाँ श्रोतहरू पनि सृजना हुन सक्छन्, जहाँबाट लाभको सम्भावना छ।

धनु राशि 

यस राशिका व्यक्तिहरूलाई लामो समय देखि कतै रोकिएको धन प्राप्त हुन सक्छ। व्यापार व्यावसायमा पनि फाइदा हुन सक्छ। मान-सम्मानमा पनि वृद्धि हुनेछ। करियरमा पनि राम्रो नतिजा प्राप्त गर्न सकिनेछ।

मेष राशि 

शनि ग्रहको यस स्थिति यस राशिका व्यक्तिहरूका लागि लाभदायक हुन सक्छ। व्यापार तथा जागिरको क्षेत्रमा राम्रो नतिजा हात पार्न सकिनेछ। आर्थिक लाभका साथै कार्यस्थलमा प्रशंसा पनि मिल्नेछ।

कर्कट राशि

कर्कट राशिका मानिसले लामो समयदेखिको समस्याबाट छुटकारा पाउन सक्छन्। आकस्मिक आर्थिक लाभ हुन सक्छ।  धन आर्जनसँगै नयाँ करियरको अवसर पनि मिल्नेछ।

वृश्चिक राशि 

अर्कोतर्फ वृश्चिक राशिका लागि यो समय राम्रो साबित हुन सक्छ। नयाँ काम सुरु गर्ने यो उत्तम समय हुन सक्छ। आकस्मिक धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९१६:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगामी ३० दिनसम्म यी राशिमा रहनेछ भूमि पुत्र मंगलको विशेष कृपा, हरेक काम हुन्छ सफल !