ज्योतिषशास्त्रका अनुसार प्रत्येक ग्रहले निश्चित समयमा आफ्नो राशि परिवर्तन गर्छ। राशि परिवर्तनसँगै ग्रहहरू कहिले सीधा र कहिले उल्टो चालमा चल्छन्। ग्रह परिवर्तनले सबै राशिको जीवनलाई असर गर्छ। ज्योतिषशास्त्रका अनुसार मंगल ग्रह १० अगस्टमा वृष राशिमा प्रवेश गरेको छ र अक्टोबर १६ गतेसम्म यो राशिमा रहनेछ। मंगल ग्रहको यो गोचरले सबै राशिको जीवनमा शुभ र अशुभ प्रभाव पार्छ। तर कतिपयको लागि मंगल ग्रहको यो परिवर्तन समय निकै शुभ साबित हुने देखिन्छ। आगामी ३० दिनसम्म मंगल देवले केही राशि भएका व्यक्तिहरूलाई आफ्नो विशेष कृपा दिनुहुनेछ।
सिंह राशि

वृष राशिमा मंगल ग्रहको प्रवेशले सिंह राशिका लागि शुभ दिन सुरु भएको छ। यस राशिका व्यक्तिलाई आगामी ३० दिनसम्म हरेक काममा सफलता मिल्नेछ। यो अवधिमा जागिरमा बढुवा पाउन सकिन्छ। योसँगै तलब वृद्धिको सम्भावना पनि छ। साथै व्यपार व्यवसायमा पनि लाभ मिल्नेछ।
कन्या राशि

ज्योतिष शास्त्रका अनुसार कन्या राशिका लागि पनि यो समय निकै लाभदायक हुन्छ। यस समयमा धेरै रोकिएका कामहरू हुन सक्छ। व्यापारको सिलसिलामा यात्रा गर्न सकिनेछ, जुन भविष्यमा लाभदायी रहनेछ। प्रतिस्पर्धी विद्यार्थीहरूले परीक्षामा सफलता हात पार्न सक्छन्। कुनै पनि उच्च शिक्षा संस्थामा भर्ना हुने सम्भावना पनि छ।
वृश्चिक राशि

यस राशिका मानिसहरुका लागि मंगलको गोचर विशेष लाभदायक हुन्छ। मंगल ग्रहको गोचरका कारण यी राशिको कुण्डलीमा राजयोग बनेको छ। त्यसैले यो अवधिमा यस राशि भएका व्यक्तिको आम्दानी बढ्ने सम्भावना छ। व्यापारमा लाभ हुनेछ। आर्थिक लाभले आर्थिक अवस्था सुदृढ हुनेछ। यस राशिका व्यक्तिहरूले आफ्नो कार्यशैलीमा सुधार ल्याउनेछन्, जसका कारण कार्यक्षेत्रमा प्रशंसा हुनेछ।
धनु राशि

ज्योतिष शास्त्रका अनुसार मंगल ग्रह धनु राशिको छैठौं घरमा प्रवेश गरेको हुनाले यो राशिका मानिसका लागि लाभदायी साबित हुन सक्छ। आगामी ३० दिनमा धनु राशिका व्यक्तिका गोप्य शत्रुहरू पराजित हुनेछन्। साथै, विद्यार्थीहरूले प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता प्राप्त गर्न सक्छन्। नोकरी र व्यापारमा मिश्रित परिणाम प्राप्त हुनेछ।
