काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठको बयान लिइनुपर्ने बताएका छन्। लाइनमा बस्न सिकाउँदा ठमेलस्थित छाँया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेको विषयमा आफ्नो धारणा सामाजिक संजाल मार्फत राख्दै लोहनीले श्रेष्ठसँग बयान लिन प्रहरीलाई आग्रह गरेका हुन्।
पदको आडमा कसैमाथि हमला गर्नु प्रतिगमन र हिंसा हुने लोहनीको भनाई छ। मन्त्रीको फुर्ती देखाएर एउटा श्रमजीवीलाई आफ्नो कम गर्न खोज्दा प्रहार गर्न खोज्नु अपराध रहेको पनि उनले सामाजिक संजालमा उल्लेख गरेका छन्।
“पदको आडमा कसैमाथि हमला गर्नु प्रतिगमन र हिंसा हो । मन्त्रीको फुर्ती देखाएर एउटा श्रमजीवीलाई आफ्नो कम गर्न खोज्दा प्रहार गर्न खोज्नु अपराध हो । र यसको लागि मन्त्री जीवनरामसँग प्रहरीले बयान लिनुपर्छ।”,लोहनीले सामाजिक संजालमा लेखेका छन्।
श्रेष्ठको स्पष्टोक्ति
संस्कृति, पर्यटन तथा नागकिरक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सबै नेता, मन्त्री खराब हुन्छन् भन्ने हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन्। लाइनमा बस्न सिकाउँदा ठमेलस्थित छाँया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेको विषयमा सामाजिक संजाल मार्फत स्पष्टोक्ति दिँदै श्रेष्ठले यस्तो बताएका हुन्।
छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिकृयामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन्। छाया सेन्टरमा घटेको घटना आफू लाइन नबसेका कारण नघटेको श्रेष्ठको भनाई छ।
श्रेष्ठका अनुसार सो घटना उनी लाइनमा नबसेर भएको नभई र उनका सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले घटेको हो। सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएपछि गुरुङ पक्राउ परेको श्रेष्ठले बताएका छन्।
“पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो। घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सबै नेता÷मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।”,श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्।