साम्पाङ भन्छन् – ‘मेरो फाइट बालेन जी सङ्ग होइन’

काठमाडौँ – धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो लडाईँ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नभएको स्पष्ट पारेका छन्। साम्पाङले सोमबार सामाजिक संजालमा एक स्ट्याटस पोस्ट गर्दै आफ्नो लडाईँ बालेनसँग नरहेको स्पष्ट पारेका हुन्।

आफ्नो लडाइँ बालेनसँग नभएर खोल ओडेर आएका झोलेहरुसँग भएको साम्पाङले बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्,”मेरो फाइट बालेन जी सङ्ग होइन ! झोलेहरु सङ्ग हो खासमा जो खोल ओडेर आइरहेका छन्।”

केहि समय अगाडी भने साम्पाङले सामाजिक संजाल मार्फत निरन्तर बालेन माथि प्रहार गरेका थिए। साम्पाङले बालेनले काम गर्न अग्रसरता देखाउन नसकेको समेत आरोप लगाउने गरेका थिए।

तर पछिल्लो समय भने साम्पाङ बालेन विरुद्ध नरम देखिन थालेका छन्। बालेनको आलोचना गर्दा उल्टै आलोचित भएपछि उनले बालेनको आलोचना गर्न छाडेको बुझ्न सकिन्छ।

प्रकाशित : मङ्गलबार, भदौ २१, २०७९०८:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चोलेन्द्र माथि गजेन्द्रको प्रहार, मानसिक स्वास्थ्य जाँच गर्न माग !