ग्रह-नक्षत्रको परिवर्तनको आधारमा दैनिक, साप्ताहिक,मासिक र वार्षिक राशिफलको निर्धारण गरिछ । यस साता ग्रह-नक्षत्रको चालमा आएको परिवर्तनको आधारमा केही राशिलाई शुभ हुने भएको छ भने केही राशिका व्यक्ति सावधान रहन पर्ने भएको छ । जान्नुहोस् यस साता क कुन-कुन राशिलाई शुभ हुनेछ ?
• ज्योतिषाचार्य दामोदरनाथ लोहनी
वृष राशि
साता मध्यम खालको छ । सुरु र अन्त्यमा राम्रो उपलब्धि भए पनि मध्य भागले चिन्ता बढाउन सक्छ । मान र प्रतिष्ठा बढ्ने देखिन्न । त्यसैले मनमा खिन्नता भइरहला । इष्टमित्रको सहयोगले भने निकै काम गर्नेछ । खासगरी व्यावसायिक क्षेत्रबाट गतिलो लाभ हुनसक्छ ।
कर्कट राशि
यो साता आर्थिक स्थिति त्यति नराम्रो छैन । गतिलो काम हातमा पर्नाले राम्रै लाभको सम्भावनासमेत देखिन्छ । हातले समातेको इलम र व्यावसायिक कामबाट मनग्गै लाभ प्राप्ति गर्न सक्नुहुनेछ । सानातिना विवाद त पर्लान् तर त्यसलाई हल गर्न सकिनेछ । साताको अन्त्य भने राम्रो देखिन्न ।
वृश्चिक राशि
साताको प्रारम्भ राम्रोसित हुनेछ । इष्टमित्रसँग भेटघाटका साथै आम्दानीसमेत सोचेकोभन्दा बढी नै होला । असल काम गर्नेतिर मनको प्रवृित्त जानेछ । मित्र पनि असल खालकै छन् । खासगरी प्राविधिक खाले कामबाट लाभ लिन सकिनेछ ।
मीन राशि
यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । सहयोग गर्नेको सङ्ख्या कम भए पनि तपाईं एक्लैले धेरै प्रगति गर्न सक्नुहुनेछ । असल काम गर्नेतिर मन गइरहला भने गरेका काम सफल पनि हुनेछन् । सोचेभन्दा बढी नै आय हुनेछ । केही नयाँ कामसमेत हातमा पर्ला जस्तो छ ।