सूर्यदेव प्रवेश गर्दै कन्या राशिमा, यी ४ राशिका मानिसको जीवन हुनेछ अस्त-व्यस्त !

वैदिक ज्योतिषशास्त्रका अनुसार जब कुनै ग्रहले राशि परिवर्तन गर्छ, त्यसको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ। ग्रहहरुका राजा सूर्य भगवान १७ सेप्टेम्बरमा कन्या राशिमा प्रवेश गर्न लागेका छन्, जसको प्रभाव सबै राशिमा देखिनेछ। तर यस्ता केही राशि छन्, जसका लागि सूर्य देवको गोचर अशुभ साबित हुन सक्छ। आउनुहोस् जानौं यी राशिका बारेमा।

वृष राशि 

आत्मविश्वासमा कमी आउन सक्छ। आम्दानी बढेपनि खर्चको स्थितिले आर्थिक स्थिति कमजोर हुनसक्छ। शैक्षिक तथा बौद्धिक कार्यमा कठिनाइ आउन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। संचित रकम घट्न सक्छ। जीवन कष्टदायी हुन सक्छ। कार्यस्थलमा कठिनाइ आउन सक्छ।

मिथुन राशि 

कार्यस्थलमा कठिनाइ आउन सक्छ। जीवन अस्तव्यस्त हुनेछ। खर्च धेरै हुनेछ। मानसिक समस्या बढ्नेछ। तनाव पनि बढ्न सक्छ। पारिवारिक समस्या बढ्न सक्छ। दिनचर्या अस्तव्यस्त हुनेछ। नोकरीमा अधिकारीहरूसँग वैचारिक मतभेद हुन सक्छ। पारिवारिक समस्याले सताउन सक्छ।

कन्या राशि 

संयमित हुनुहोस्, अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। सवारी साधनको सुखमा कमी आउन सक्छ। पुराना साथीभाइ भेट्न सकिनेछ। बोलीमा कठोरताको प्रभाव रहनेछ। स्वास्थ्यको ख्याल गर्नु होला। मानसिक शान्ती रहनेछ तर स्वभावमा चिडचिडापन आउन सक्छ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। शैक्षिक कार्यमा सुखद नतिजा आउनेछ।

मकर राशि 

मन विचलित रहनेछ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। सतर्क रहनुहोस्। आत्मविश्वास पूर्ण हुनेछ, तर धैर्यता कम हुनेछ। अत्यधिक जोशबाट बच्नुहोस्।  कुराकानीमा धैर्य राख्नुहोस्। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ।

प्रकाशित : आइतबार, भदौ १९, २०७९१६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छिट्टै हुने सूर्यदेवको परिवर्तन कुन राशिलाई हुनेछ कति शुभ ? १२ राशिमा पर्ला कस्तो प्रभाव ?