हरितालिका तीजको पूजामा आफ्नो राशि अनुसार विभिन्न रङ्गको कपडाको लगाउँदा महिलाका लागि विशेष लाभ हुने विश्वास रहेको छ। जन्ममिति अनुसार रङ्गको छनोटले व्रत बस्ने महिलाको सुख, सौभाग्य र समृद्धिमा पनि विशेष प्रभाव पार्छ। ज्योतिष शास्त्रमा मानव र रङ्गको अन्तरसम्बन्धलाई निकै व्यापक रूपमा देखाइएको छ। फरक-फरक रङ्गले विभिन्न राशिहरूमा प्रभाव पार्छ। यस्तो अवस्थामा कुनै खास रङ्गको पहिरनमा धार्मिक कार्य सम्पन्न गर्ने हो भने उक्त कार्य अझ प्रभावकारी हुन्छ।
राशि अनुसार गर्नुहोस् यस्ता रङ्गको चयन:-
मेष राशि: रातो वा गुलाबी
वृष राशि: क्रीम
मिथुन राशि: धान रङ्ग वा हल्का निलो-हरियो
कर्कट राशि: हल्का पहेंलो वा क्रीम
सिंह राशि: रातो, गुलाबी वा सुनौलो
कन्या राशि: हल्का निलो-हरियो वा हल्का हरियो
तुला राशि: क्रीम वा आकाशे निलो
वृश्चिक राशि: रातो, गुलाबी वा सुनौलो
धनु राशि: सुनौलो वा पहेंलो
मकर राशि: हल्का ग्रे
कुम्भ राशि: हल्का निलो वा खैरो
मीन राशि: हल्का वा गहिरो [पहेंलो
भोलि रहेको छ हरितारिका तीज
भदौ शुक्ल पक्षको तृतीया तिथिमा पर्ने हरितालिका तीज यसपटक भदौ १४ गते अर्थात् भोलि परेको छ। तृतीया तिथी १३ भदौ सोमबार दिउँसो ३:३६ बजे सुरु हुनेछ, जुन भदौ १४ गते दिउँसो ३:४९ बजेसम्म रहनेछ। हस्त नक्षत्र भदौ १३ गते राति ११ः१९ बजे रहनेछ जुन भोलि भदौ १४ गते राति १२:०५ बजेसम्म रहनेछ। हरितालिका तीज व्रत उदया तिथी अनुसार भदौ १४ गते मनाइन्छ। व्रत विधिपूर्वक पालन गरेमा अखंड सौभाग्य रहन्छ।