पर्सीबाट सुरु भए यी ४ राशिका सुख नै सुखले भरिएका दिन, मिल्नेछ अनेक सफलता !

ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई धन, वैभव, ऐश्वर्य, सुख-समृद्धि र प्रेम आदिको कारक मानिएको छ। तुला र वृष राशिको शासक ग्रह शुक्र हो। मीन राशिमा उच्च रहने शुक्र कन्या राशिमा निम्न मानिन्छ। भदै १५ गते अर्थात् पर्सी शुक्रको राशि परिवर्तन हुँदैछ। यस दिन गणेश चतुर्थी पनि रहेको छ। यस्तो अवस्थामा गणेश चतुर्थीको दिन शुक्रले कर्कट राशि छोडेर सिंह राशिमा प्रवेश गर्नेछ। गणेश चतुर्थीको दिनबाट कुन राशिको सुखका दिन सुरुवात हुन्छन् भन्ने बारे जान्नुहोस्-

मेष राशि 

मेष राशिका व्यक्तिका लागि शुक्र गोचर अत्यन्तै लाभदायक साबित हुनेछ। यस अवधिमा तपाईंले जीवनमा सुख, समृद्धि र आनन्द प्राप्त गर्न सक्नुहुनेछ। हरेक क्षेत्रमा तपाईंको कामको उचित कदर हुनेछ। परिवारका सदस्यबाट उपहार प्राप्त हुने सम्भावना पनि रहेको छ। यो समय कुनै पनि प्रकारको लगानीका लागि अनुकूल रहेको छ।

वृष राशि 

वृष राशिका लागि पनि शुक्र राशि परिवर्तन शुभ नै रहने देखिन्छ। यो अवधिमा तपाईंले हरेक क्षेत्रमा प्रगति हासिल गर्न सक्नुहुनेछ। साझेदारी कार्यमा पनि विशेष सफलता मिल्ने सम्भावना रहेको छ। सामाजिक मान-सम्मानमा वृद्धि हुनसक्छ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ।

सिंह राशि 

शुक्र राशि परिवर्तनले सिंह राशिका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। यो अवधिमा तपाईले नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। धन आर्जनमा सफलता मिल्नेछ। करियरमा अगाडि बढ्ने अनेक अवसर मिल्नेछन्।

कुम्भ राशि 

शुक्र गोचरले कुम्भ राशिका मनिको जीवनमा विभिन्न खुशीका क्षण ल्याउनेछ। यस अवधिमा पारिवारिक जीवन सुखद रहनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। धन आर्जनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा पनि राम्रो प्रगति हुने देखिन्छ।

प्रकाशित : सोमबार, भदौ १३, २०७९१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरितालिका तीजको पूजामा हुनुपर्छ यी सामग्री समावेश, अनि मात्र मिल्छ सुख-समृद्धि !