प्रचण्ड माथि बालेनको कडा प्रहार, काम नगर्नेको अङ्गरक्षक बनेको आरोप !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बनाउँदै छु भनेर भन्न नमिल्ने बताएका छन्।

फोहोर व्यवस्थापनको विषयलाई लिएर दिनहुँ जस्तो लफडा हुने गरिरहेको अवस्थामा साहले सामाजिक संजाल मार्फत प्रचण्डले देश बनाउँदै छु भनेर भन्न नमिल्ने बताएका हुन्।

फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो नबनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेको भनेर प्रचण्ड माथि कटाक्ष गरेका छन्। प्रचण्ड हाल बसिरहेको घरको घरबेटी रहेका शारदाप्रसाद अधिकारीले ठेक्का लिएर ककनी जाने बाटो नबनाएको प्रति कटाक्ष गर्दै साहले यस्तो प्रश्न उठाएको सहजै बुझ्न सकिन्छ।

फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।

काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई मंगलबार पनि दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

प्रकाशित : मङ्गलबार, साउन ३१, २०७९२०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

औचित्य पुष्टि नभए प्रदेश सरकार हट्ने गगनको दावी !