औचित्य पुष्टि नभए प्रदेश सरकार हट्ने गगनको दावी !

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सरकारको भविष्यको आउने पाँच वर्षमा टुंगो लाग्ने बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाले प्रदेश सरकार आवश्यक छ कि छैन भन्ने कुरा आउने पाँच वर्ष भित्र टुंगो लाग्ने बताएका हुन्।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले गएको पाँच वर्षमा प्रदेश सरकारको अनुभव प्राप्त भएको र आउने पाँच वर्षले प्रदेश सरकारको भविष्य निर्धारण गर्ने बताए।

आउने पाँच वर्षमा पनि प्रदेश सरकारले औचित्य पुष्टि गर्न नसकेको खण्डमा प्रदेश सरकार नरहने थापाको भनाई छ। औचित्य पुष्टि हुन नसकेको खण्डमा संविधानमा छ भन्दैमा प्रदेश सरकारलाई राख्नै पर्ने बाध्यता नहुने थापाले बताए।

“संविधानले बनाएको संरचना ठिक ढंगले काम गर्न नसक्दै गर्दा पार्टीको संरचनामा रहेको प्रदेशलाई पनि कसरी काम गर्ने भन्ने अफ्ठ्यारो हुन्छ। यो मंसिरको निर्वाचनपछि जब ७ प्रदेशको संरचना फेरि बनाउँछौँ, यो ५ वर्ष त हाम्रा लागि नयाँ अनुभव पनि भयो। अब आउने ५ वर्षमा पनि हामीले प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न सकेनौँ भने हामीले ल्याएको, हामीले भनेको, संविधानमा छ भनेर मात्रै यो बाँच्दैन। यो बाँच्ने कि नबाँच्ने भन्ने कुरा हाम्रो कर्ममा भर पर्छ। प्रदेश सरकार टिक्ने कि नटिक्ने भन्ने कुरा अबको ५ वर्षमा थाहा हुन्छ। यसले काम गर्न सकेन भने यो टिक्दैन।”,थापाले भने।

प्रकाशित : शनिबार, भदौ ०४, २०७९१६:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुनाव हारेका बारे स्थापितले पहिलो पटक मुख खोले, बालेनलाई दिए शासक नबन्न सुझाव !