शास्त्रका अनुसार जुन व्यक्तिले भगवान गणेशको पूजा आराधन गर्छ उसले ज्ञान, बुद्धि, विद्या, कीर्ति र ऐश्वर्य प्राप्त गर्दछ। जुनसुकै शुभ कार्यमा पनि प्रथम पूज्य भगवान गणेशलाई खुसी बनाउने हो भने आफ्ना भक्तलाई खुसी भई आशीर्वाद दिनुहुने जनविश्वास रहेको छ । साथै हिन्दु धर्मको मान्यता अनुसार बुधबार भगवान गणेशको पूजा गर्ने उत्तम दिन मानिन्छ ।
यस्तो अवस्थामा बुधबार भगवान गणेशका यी मन्त्रको जप गर्नु निकै फलदायी मानिन्छ ।
भगवान गणेशलाई प्रसन्न गर्ने मन्त्र
‘ॐ वक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा:। हे भगवान, मेरो हरेक कामबाट मलाई मुक्त बनाउनुहोस् ।’
कार्य सिद्धि गणेश मन्त्र
‘त्रयीमयायाखिलबुद्धिदात्रे बुद्धिप्रदीपाय सुराधिपाय। नित्याय सत्याय च नित्यबुद्धि नित्यं निरीहाय नमोस्तु नित्यम्।’
कार्य सिद्धि गणेश मन्त्र
‘त्रयीमयायाखिलबुद्धिदात्रे बुद्धिप्रदीपाय सुराधिपाय। नित्याय सत्याय च नित्यबुद्धि नित्यं निरीहाय नमोस्तु नित्यम्।’
गजानन्द एकाक्षर मंत्र
‘ऊँ गं गणपतये नमः।’
ग्रह दोष निवारण मन्त्र
‘गणपूज्यो वक्रतुण्ड एकदंष्ट्री त्रियम्बक:। नीलग्रीवो लम्बोदरो विकटो विघ्रराजक:।। धूम्रवर्णों भालचन्द्रो दशमस्तु विनायक:। गणपर्तिहस्तिमुखो द्वादशारे यजेद्गणम।’
समस्याबाट छुटकारा पाउने मन्त्र
‘गणपतिर्विघ्नराजो लम्बतुण्डो गजाननः। द्वैमातुरश्च हेरम्ब एकदन्तो गणाधिपः॥ विनायकश्चारुकर्णः पशुपालो भवात्मजः। द्वादशैतानि नामानि प्रातरुत्थाय यः पठेत्॥ विश्वं तस्य भवेद्वश्यं न च विघ्नं भवेत् क्वचित्।’