साथीसँग सम्बन्धित यस्ता सपना देख्नु मानिन्छ अत्यन्तै शुभ, कस्ता सपना ?

सपना विज्ञानका अनुसार, धेरै पटक हाम्रो सपनाले हामीलाई जीवनमा आउने घटनाहरूको बारेमा सचेत गराउँछ। हाम्रो सपनामा, हामी मानिसहरू र हाम्रो वरपरका चीजहरू देख्छौं। तर यस्ता सपना कुन अवस्थामा हामीले देख्छौँ भेन्ने कुराको विशेष महत्त्व हुन्छ। तपाईले देख्नु भएको सपनाले शुभ र अशुभ दुवै संकेत दिन्छ। आफ्ना साथीहरूसँग भेट्न र कुरा गर्नु राम्रो हुन्छ, तर सपना शास्त्रका अनुसार सपनामा यस्ता साथीहरू देख्नुको धेरै अर्थ दिन्छ ।

सपनामा बाल्यकालको साथी देख्नु
सपना शास्त्रका अनुसार आफ्नो बाल्यकालको साथीलाई सपनामा देख्नु शुभ संकेत मानिन्छ । यो सपनाको अर्थ तपाईको जीवनमा सुख शान्ति आउन लागेको भन्ने बुझिन्छ ।

सपनामा आफ्नो सबैभन्दा मिल्ने साथी देख्नु
यदि कुनै व्यक्तिले सपनामा आफ्नो सबैभन्दा राम्रो साथी अर्थात् सबैभन्दा मिल्ने साथी देख्छ भने यो सपनाले तपाईको जीवनमा केही राम्रा परिवर्तनहरू हुने संकेत गर्छ।

पनामा साथीसँग कुरा गर्दै गरेको देख्नु
सपनाको शास्त्रमा भनिएको छ कि यदि तपाई सपनामा आफ्नो साथीसँग फोनमा कुरा गर्दै हुनुहुन्छ वा अगाडि बसेर कुरा गरिरहनु भएको छ भने यस्तो सपनालाई राम्रो सपना मानिन्छ । सपना शास्त्रका अनुसार यो सपनाले परिवारका सदस्य र नजिकका व्यक्तिहरूको पूर्ण सहयोग प्राप्त हुने संकेत हो।

सपनामा साथीसँग झगडा गरेको देख्नु
कुनै पनि सम्बन्धमा सानोतिनो झगडा हुनु सामान्य कुरा हो । अर्कोतर्फ, यदि कुनै व्यक्तिले सपनामा आफ्नो साथीसँग झगडा गरिरहेको देख्छ भने, यो  परिवारका सदस्यहरूसँग विवाद हुन सक्छ भन्ने संकेत हो। त्यसैले यस्तो सपना देख्नुहुन्छ भने होसियार हुनुहोस्।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्योतिष शास्त्र अनुसार हरेक बिहान यी ५ कार्य गर्नाले लक्ष्मी माता हुन्छिन् प्रसन्न !