सुख-समृद्धिको कारक ग्रह शुक्र राशि परिवर्तन गर्दै, यी राशिलाई हुनेछ लाभै-लाभ !

शुक्र ग्रह आफ्नो उच्च राशि मीन राशिको यात्रा समाप्त गरी मे २३ को राती ८:२६ बजे मेष राशिमा प्रवेश गर्नेछन्। यस राशिमा उनीहरु १८ जुनको बिहान ८:१५ बजेसम्म  हुनेछन्, त्यसपछि उनीहरु आफ्नै राशि वृषमा सर्नेछन् । शुक्र ऐश्वर्य, विलासिता र पूर्णत: भौतिक वस्तुहरूको करक ग्रह हो। जब शुक्र ग्रहको राशि परिवर्तनले पृथ्वीका मानव जातिमा प्रत्यक्ष प्रभाव पार्छ । शुक्र ग्रहको यस राशि परिवर्तन कुन-कुन राशिलाई शुभ हुने जान्नुहोस् ?

मेष राशि

यस राशिका व्यक्तिलाई शुक्र ग्रहको राशि परिवर्तनको प्रभाव धेरै हिसाबले फलदायी रहनेछ। वैवाहिक सम्बन्धको बारेमा भएको वार्ता सफल हुनेछ। प्रेम सम्बन्धमा सुमधुर हुनेछ । प्रेम विवाह गर्ने इच्छा भएका व्यक्तिलाई अवसर अनुकूल रहनेछ । सरकारी क्षेत्रमा गरेको कार्य सफल हुनुको साथै लाभ मिल्नेछ । सन्तानको तर्फबाट शुभ समाचार  मिल्नेछ ।

मिथुन राशि

शुक्र ग्रह मिथुन राशिको दशम भावमा प्रवेश गर्नेछन् । जसको प्रभाव   स्वरूप रोकिएका काम सुचारु हुनेछ ।  शुक्रको प्रभावले ठूलो सफलता मिल्नेछ। सन्तानको जिम्मेवारी पूरा हुनेछ । साथै प्रतियोगितामा बस्ने विद्यार्थीहरुलाई पनि सफलता मिल्नेछ ।  नव विवाहित दम्पतीका लागि सन्तान जन्मने योग पनि रहेको छ । उच्च अधिकारीबाट पनि सहयोग मिल्नेछ । परिवारका वरिष्ठ सदस्य र ठूला दाजुभाइसँगको सम्बन्ध  सुमधुर  हुनेछ ।

तुला राशि

शुक्रले यस राशिको सप्तम भावमा प्रवेश गर्ने छन् । सरकारी कार्यालयमा प्रतीक्षित कार्यहरू पूरा हुनेछन्। कुनै पनि प्रकारको सरकारी जागिरका लागि आवेदन दिन  समय उचित रहेको छ ।  प्रतियोगितामा सहभागी हुने विद्यार्थी तथा प्रतियिगीको लागि समय अपेक्षाकृत राम्रो रहनेछ।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बृहस्पति-मंगलको संयोगले यी ४ राशिकामा बन्यो ‘धन योग’, हुनेछ प्रचुर लाभ !