बृहस्पति-मंगलको संयोगले यी ४ राशिकामा बन्यो ‘धन योग’, हुनेछ प्रचुर लाभ !

ज्योतिष शास्त्रका अनुसार जसरी ग्रहहरूको राशि परिवर्तनले मानिसको जीवनमा प्रभाव पार्छ, त्यसै गरी ग्रहहरूको संयोजनले पनि मानव जीवनमा विशेष प्रभाव पर्ने गर्दछ। कुण्डली वा राशिमा कुनै दुई वा दुईभन्दा बढी ग्रहहरू एक साथ मिलन हुँदा त्यस अवस्थालाई ग्रहहरूको संयोग भनिन्छ। मे १७ देखि मीन राशिमा बृहस्पति र मंगलको संयोग बन्ने भएको छ । ज्योतिष शास्त्रका अनुसार बृहस्पतिको कुनै पनि ग्रहसँग मिलन हुँदा त्यसबाट बन्ने योग प्रायः शुभ साबित हुने गर्दछ ।

बृहस्पति-मंगल युति:
१७ मे २०२२ मा मीन राशिमा बृहस्पति-मंगलको संयोगका कारण बृहस्पति-मंगल योग बनिरहेको छ। यी दुई ग्रहको मिलनले शुभ योगको बन्ने भएको छ। मंगल-बृहस्पति यो संयोग आगामी महिना जुन २७ सम्म जारी रहनेछ। किनभने जुन २७ मा मंगल ग्रहले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछ। यो संयोग मीन राशिमा बनेको हुनाले यस राशिका मानिसहरुमा यो संयोगले विशेष प्रभाव पार्नेछ ।

बृहस्पति-मंगलको संयोग यी ४ राशिका लागि शुभ  हुने भएको छ 

मिथुन राशि

 करियरमा राम्रो सफलता मिल्नेछ । मन लागेको काममा सफलता मिल्नेछ । मिहिनेतको पूर्ण फल मिल्ने प्रबल सम्भावना छ ।

कर्कट राशि

बृहस्पति मंगलको संयोगले कर्कट राशिका मानिसहरुका लागि भाग्यले साथ दिने प्रबल सम्भावना रहेको छ । विभिन्न माध्यमबाट पैसा कमाउन सकिनेछ। आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। जीवनमा सुख र समृद्धि रहनेछ।

धनु  राशि

बृहस्पति-मंगलको संयोगले धनु राशिका व्यक्तिहरुको पदोन्नतिको प्रबल सम्भावना छ । परिश्रिमिकमा उल्लेख्य वृद्धि हुन सक्छ। हराएको धन फिर्ता गर्न सकिनेछ। कार्यस्थलमा कामको उच्च प्रशंसा हुनेछ।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९१६:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि आफ्नो चाल परिवर्तन गरी कुम्भ राशिमा प्रवेश गर्दै, यी ३ राशिमा हुनेछ शनिको विशेष कृपा !