अप्रिल महिनाको २९ तारिकमा शनिले आफ्नो राशि परिवर्तन गरेको छ । शनि हाल कुम्भ राशिमा राशि परिवर्तन गर्दै छन् । तर आगामी दिनमा फेरि शनिको चालमा परिवर्तन हुनेछ । जुन ५ तारिखमा शनि उल्टो चालमा हुनेछन् र अक्टोबरसम्म यही स्थितिमा रहनेछ। यसैबिच, शनिले जुलाई १२ फेरी राशि परिवर्तन गर्नेछन्।
शनिको उल्टो चाल हुनुको कारण शनि पुन राशि मकर राशि आउनेछन् । जहाँ उनी १७ जनवरी २०२३ सम्म बस्नेछन्। त्यसपछि कुम्भमा बस्नेछन् । कुम्भ राशिमा शनिको उपस्थिति मार्च २९, २०२५ सम्म रहनेछ। जान्नुहोस् यो अवधिमा शनिको कुन-कुन राशिमा नजर पर्नेछ ।
यी दुई राशिमा हुनेछ शनिको ढैय्या
यस अवधिमा कर्कट र वृश्चिक राशिका व्यक्तिहरूलाई शनिको ढैय्या रहनेछ। तसर्थ यस समयमा यी राशिका मानिसहरुले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । आर्थिक अवस्था बिग्रन सक्छ । अनावश्यक विवादमा फस्न सकिनेछ । धन हानिको सम्भावना रहनेछ । कार्यस्थलमा समस्या आउन सक्छ। यस समयमा व्यवसायीहरुले सावधानी अपनाउनुपर्ने देखिन्छ । उनिहरुको पैसा कतै अड्कन सक्छ।
यी राशिमा हुनेछ शनिको साढे साती
यस अवधिमा मकर, कुम्भ र मीन राशिमा शनिको साढे सती रहनेछ। जसमा मकर राशिका मानिसहरूमा शनिको साढे साती अन्तिम चरणमा हुनेछ। कुम्भ राशिका मानिसहरुको दोस्रो चरण र मीन राशिका मानिसहरुको पहिलो चरण हुनेछ । जसमा कुम्भ राशिका व्यक्तिहरुको लागि सबैभन्दा कष्टप्रद समय रहनेछ।
किन भने ज्योतिष शास्त्रका अनुसार शनिको यो महादशाको सबैभन्दा खराब समयलाई यसको दोस्रो चरणलाई मानिन्छ। शनि मकर र कुम्भ राशिका स्वामी पनि हुन्। भनिन्छ, यी दुई राशिमा शनिको कुनै पनि दशले अन्य राशिमा जति नराम्रो प्रभाव पार्दैन ।