जेठ महिना ४ राशिलाई मिल्नेछ राजनीतिक क्षेत्रमा सफलता, ३ राशिलाई हुनेछ शुभै-शुभ !

मेष राशि

यस महिना कामको लागि धेरै नै दौड धूप गर्न पर्ने  देखिन्छ । कार्यस्थलमा बिचार फरक पर्दा सहकर्मी सँग विवाद  हुनसक्छ ।  त्यसैले अनावश्यक वादविवादबाट टाढै रहनु राम्रो हुनेछ। केही अमूल्य सम्पत्ति हराउन सक्ने हुँदा सावधान रहनु होला । महिनाको मध्ये देखि  स्थितिमा सुधार आउनुका साथै आर्जन बढ्ने छ। व्यापार व्यवसायमा सोचे भन्दा राम्रो फाइदा मिल्नेछ। सामाजिक कार्यमा सहभागी भइनुको साथै मान-सम्मान बढ्नेछ ।

वृष राशि

 जेठ महिना वृष राशिका व्यक्तिलाई  मध्यम फलदायी रहनेछ । यस महिना परिवारको साथमा रमाइलो टाढाको यात्रामा जान सकिनेछ । यस महिना धार्मिक स्थलको भ्रमण हुनुको साथै धार्मिक कार्यमा सहभागी हुन सकिनेछ ।  वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । महिनाको मध्यबाट काममा केही विवाद  सिर्जना हुन् सक्छ । आफ्नो विचार विपरीत निर्णय हुन सक्छ । सवारी साधन चलाउँदा वा यात्रा गर्दा सचेत रहनुहोस् ।

मिथुन राशि

जेठ महिना मिथुन राशिका व्यक्ति आफ्नो व्यवसाय र परिवारलाई समय दिन नसक्दा  तनाबको स्थिति सिर्जना हुन सक्छ । जेठ महिना सोचे अनुसारको काम सम्पन्न हुन् सक्ने छैन । बाहिय व्यस्तताको कारण अध्ययन क्षेत्रमा समय दिन सकिने छैन । महिनाको मध्यबाट व्यापार व्यवसायमा सुधार आउनेछ साथै विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राको योजनामा सफलता मिल्नेछ ।

कर्कट राशि

 जेठ महिनामा कर्कट राशिका लागि समय सन्तोष जनक हुनेछ ।खान-पानामा विशेष ख्याल गर्नुपर्ने देखिन्छ । अन्यथा शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नोकरी गर्नेले महिनाको अन्त्य तिर मान  सम्मान पाउनेछन् ।  बोलीलेको भरमा ठूला-ठूला कार्य सिद्ध हुनेछ । आत्म विश्वास बढ्नेछ जसको कारण सोचेको काम समय भन्दा  पहिले नै सकिनेछ । साथै यस महिना धार्मिक कार्यमा मन जानेछ ।

सिंह राशि

जेठ महिनामा सिंह राशिका व्यक्तिलाई समग्रमा सकारात्मक परिणाम मिल्नेछ । यस महिना सिंह राशिका मानिसलाई राजनैतिक कार्यमा सफलता मिल्नेछ ।  महिनाको मध्य तिरबाट समय केही तनावपूर्ण हुन् सक्छ । व्यापार व्यवसायबाट मनग्य लाभ हुनेछ । शत्रु सक्रिय हुँदा केही महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । महिनाको अन्त्यमा लामो दुरीको रमाइलो यात्रा हुनेछ ।

कन्या राशि

जेठ महिनामा कन्या राशिका व्यक्तिलाई समग्रमा सकारात्मक परिणाम मिल्ने संकेत देखिन्छ । राजनैतिक कार्यमा संलग्न व्यक्तिला यस महिना सफलता मिल्न सक्छ । नाम चलेका व्यक्तित्व सँगको अन्तरक्रियाले मनोबल बढ्नेछ । महिनाको अन्त्यमा शुभ समाचार मिल्नेछ । साथै व्यापार व्यवसायबाट सोचे भन्दा धेरै फाइदा हुनेछ । परिवारमा शुभ कार्य सम्पन्न हुनेछ ।

तुला राशि

जेठ महिना तुला राशिका व्यक्तिको परिवारमा लामो समय देखि आएको समस्या समाधान हुनेछ । कमजोर रहेको आर्थिक पक्षमा सुधार हुनेछ । कार्य स्थलमा साथि भाइको सहयोग मिल्नेछ । व्यापारिक क्षेत्रमा समान हराउन सक्छ सावधान रहनुहोस् । नोकरी गर्ने हरुको यस महिना पद वृद्धि हुन् सक्छ । यस महिना तुला राशिका भएका व्यक्तिला आँखाको समस्याले सताउन सक्छ ।

वृश्चिक राशि

 जेठ महिनामा वृश्चिक राशिका व्यक्तिलाई एकपछि अर्को सुनौलो अवसर प्राप्त हुँदा मन प्रसन्न हुनेछ । सोचेको काममा सफलता मिल्नेछ । धार्मिक स्थलको भ्रमणले मन प्रसन्न हुनेछ साथै मन जोस-जागर बढ्ने छ ।कार्य क्षेत्रमा मेहनत अधिक गर्न पर्ने हुन्छ तर श्रम अनुसार लाभ हुनेछ । यस महिना विलासीका साधन खरिद गर्न सकिनेछ । शत्रु सक्रिय हुने हुँदा आफ्नो योजना कसैलाई भन्नु हुँदैन ।

धनु राशि

यस महिनामा धनु राशिका व्यक्तिको परिवारमा शुभ कार्य हुनेछ । राजनीतिक क्षेत्रमा मिलेको सफलताले मन आनन्दित हुनेछ । सामाजिक मान सम्मन मिल्नुको साथै समाजमा शुभ कार्यको चर्चा चल्नेछ । यस अघि विविध कारणले रोकिएका काम पुनः सुचारु हुनेछ । अध्ययन अध्यापनको क्षेत्र सफता मिल्नेछ। अग्रज व्यक्तित्वबाट कामको प्रशंसा हुनेछ ।

मकर राशि 

जेठ महिनामा मकर राशिका व्यक्तिलाई समग्रमा शुभ हुने भएको छ । यस महिना शत्रु पनि प्रशंसा गर्न थाल्नेछन् । काममा आवको समस्या समाधान भएर विभिन्न अवसर फेला पर्ने छन् । काममा अग्रज व्यक्तिले कामको प्रशंसा गर्नेछन् । राजनैतिक क्षेत्रमा संलग्न व्यक्तिलाई यस महिना अधिक दौड धूप गर्न पर्नेछ । वैदेशिक यात्राको योजना सफल हुनेछ । आर्थिक कारोबार फस्टाउनेछ ।

कुम्भ राशि

कुम्भ राशिका लागि जेठ महिनामा मिश्रित फलदायी रहनेछ । दैनिक कार्यमा लाभ बढ्नेछ, आर्थिक र व्यवसायमा आएको समस्या समाधान हुनेछन् । प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । सवारी साधन चलाउँदा तथा यात्रा गर्दा सावधानी अपनाउनु होला ।

मीन राशि

जेठ महिना मीन राशि भएका व्यक्ति राजनीतिक तथा सामाजिक काममा व्यस्त हुनेछन् । यस महिना अध्यापन क्षेत्रमा ठूलो सफलता मिल्नेछ । अचल सम्पत्तिको कारोबारबाट लाभ मिल्नेछ । पैतृक सम्पत्तिबाट लाभ हुनेछ । प्रेम सम्बन्धमा आएको समस्या समाधान हुनेछ । महिनाको अन्त्यमा लाभदायक यात्रा हुनेछ ।

प्रकाशित : सोमबार, जेठ ०२, २०७९१६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जेठ ३ गते मंगलबारको राशिफल: ५ राशिलाई अत्यन्तै शुभ, ३ राशि रहनुहोस् सावधान !