२० वर्षको उमेरमा चर्चित नायिकाले गरिन् आत्म_हत्या, झुण्डिएको अवस्थामा शव फेला !

टिभी शो ‘मन माने ना’ मा मुख्य भूमिका निर्वाह गरिरहेकी बंगाली अभिनेत्री पल्लवी डे कोलकाताको गरफामा आफ्नो फ्ल्याटमा मृत फेला परेकी छन् । भारतीय मिडियाको अनुसार युवा अभिनेत्रीले २० वर्षको उमेरमा आत्महत्या गरेकी हुन् ।

रिपोर्टका अनुसार उनी पंखामा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ । यसपछि पल्लवीलाई त्यस स्थानको बांगुर अस्पताल लगिएको थियो तर अस्पताल पुग्दा उनलाई मृत घोषित गरिएको थियो।

अहिले उक्त स्थानको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ र नायिकाले किन यस्तो कदम चालिन् भन्ने बारे पत्ता लगाउने प्रयास गरिरहेको छ । उनको शव पोष्टमार्टमका लागि पठाइएको बताएको छ । पल्लवीको मृत्युको खबरले उनका फ्यानहरुलाई स्तब्ध बनाएको छ ।

अहिले अभिनेत्री पल्लवीको निधनको खबरले उनका फ्यान सहित साथीहरु खबरले छक्क परेकी छन् । खबर अनुसार पल्लवी अहिले २० वर्षकी मात्र भएकी थिइन् ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सारीमा निकै सुन्दर देखिइन् अभिनेत्री स्वस्तिमा खड्का, तस्बिर सहित !