आइतबारको दिन सूर्य भगवानको नाममा समर्पित छ। यस दिन सूर्य देवको पूजा पाठ गर्नाले धेरै लाभ मिल्ने मान्यता रहेको छ । सूर्यलाई सफलता, आत्मविश्वास, पिता, गुरु, स्वास्थ्यको कारक मानिन्छ। यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्य शुभ स्थितिमा छ भने, व्यक्ति आत्मविश्वासी, राम्रो नेता समान हुन्छ। साथै आफ्नो जीवनमा खुब प्रगति गर्नुहुन्छ, र जीवनमा उच्च स्थान प्राप्त गर्नुहुन्छ।
जसलाई सूर्यको कृपा हुन्छ उसलाई जीवनमा अपार सुख र समृद्धि प्राप्त हुन्छ । त्यस्तै यदि कसैको कुण्डलीमा सूर्य कमजोर छ भने यस्ता केही उपाय अपनाउनु पर्छ अन्यथा जीवनमा बाधा आउन सक्छ। साथै व्यक्ति तेज हीन हुन्छ साथै उसलाई विभिन्न स्वास्थ्य समस्याले घेर्छ ।
सूर्यलाई हरेक बिहान अर्घ दिनु उत्तम हुन्छ
उदाउँदो सूर्यलाई अर्घ दिनु सूर्यदेवको कृपा प्राप्त गर्ने उत्तम उपाय हो। यो उपायले कुण्डलीमा सूर्यलाई बलियो बनाउँछ र जीवनमा शुभ फल मिल्छ। सूर्यलाई अर्घ दिँदा तामाको भाँडो प्रयोग गर्नु राम्रो हुन्छ । साथै, पानीमा रातो फूल, चामल र रातो खुर्सानीको केही दाना हाल्नुहोस्। यसो गर्नाले सबै बाधाहरू हटेर क्रमश: सबै मनोकामना पुरा हुन थाल्छन्।
सूर्य मन्त्रको जप गर्नुहोस्
हरेक दिन सूर्यलाई अर्घ दिनुपर्छ तर विशेष गरी आइतबाको दिन परेर सूर्यलाई अर्घ अवश्य दिनु पर्छ । बिहान सबेरै नुहाएर सूर्य मन्त्रको जप गर्दै सूर्यलाई जल चढाउनुपर्छ । यसो गर्नाले सूर्य देवता छिट्टै प्रसन्न हुन्छन्। यी हुन् सूर्य मन्त्र-
ॐ घृणिं सूर्य्य: आदित्य:
ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा. ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर: ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ, ॐ ह्रीं ह्रीं सूर्याय नमः ॐ सूर्याय नम: ॐ घृणि सूर्याय नम:
आइतबारको दिन यस्ता चिज गर्नुहोस् दान
सूर्य देवको कृपा प्राप्त गर्न आइतबारको दिन केही वस्तु दान गर्नु निकै शुभ मानिन्छ । आइतबार तामाका भाँडा,सखर, रातो चन्दन, गहुँ, रातो कपडा दान गर्नुहोस्। यसबाट कुण्डलीमा सूर्य देवलाई बलवान बनाउँछ र रोकिएका काम सम्पन्न हुन थाल्नेछ ।