घरमा खुसी सौभाग्य ल्याउन वास्तु शास्त्रमा धेरै उपायहरू उल्लेख गरिएको छ। यसका साथै केही गल्तीबाट बच्न पनि भनिएको छ । आज हामी घरमा पानीसँग सम्बन्धित महत्त्वपूर्ण वास्तु नियमहरू को बारेमा जानकारी गराउनेछ छौं । जसबाट घरमा बग्दै गरेको पानीको तस्बिर राख्ने सहि ठाउँ होस् या पानीको फोहरा राख्ने होस् वा पानीको भाँडो राख्ने ठाउँ र तरिका होस् । यी चीजहरू घरमा राख्ने स्थानले घरमा सौभाग्य ल्याउने र दुर्भाग्यबाट निर्णय गर्दछ
पानीको फोहोरा राख्नको लागि घरको सबैभन्दा उपयुक्त दिशा उत्तर वा दक्षिण पूर्व हो। यसो गर्नाले घरमा सौभाग्य आउँछ । धन आवागमन बढ्छ । जीवनमा सुख-समृद्धि बढ्छ।
घरका सदस्यहरू र परिवारलाई व्यापारमा हानिबाट बच्न चाहनुहुन्छ भने, घरको बालकोनिमा पानीसँग सम्बन्धित तस्वीर राख्नुहोस्। पानीसँग सम्बन्धित भएको कुनै पनि तस्बिर राख्न सक्नु हुन्छ । जसका कारण दिनरात प्रगति हुनेछ ।
घरमा धन-धान्य बढाउनको लागि घरको उत्तर-पूर्व दिशामा माटोको भाँडो पानी राख्नुहोस्। यसो गर्नाले प्रगतिमा आउने बाधाहरू हट्नेछन्। साथै, घर सधैँ धनले भरिएको हुन्छ।
भान्सा कोठामा पानीको तस्बिर, झरना वा यससँग सम्बन्धित तस्बिर राख्ने गल्ती नगर्नुहोस्। भान्सा कोठामा पिउने र पकाउने पानी मात्र राख्नुपर्छ, अन्यथा अशुभ हुन सक्छ ।