सिरानी मुनि राख्नुहोस् यस्ता चिज, ग्रहको स्थिति बलवान हुनुको साथै चम्किनेछ भाग्य !

मानिसलाई ग्रहको प्रभाव र कुण्डलीमा रहेको ग्रहको स्थितिको कारण राम्रो र नराम्रो प्रभाव पर्ने गर्दछ । त्यसैले जसको कुण्डलीमा ग्रहको स्थिति जमजोर छ उनको जीवनमा नकारात्मक प्रभाव पर्दछ । जसका कारण मानिस विभिन्न प्रकारका शारीरिक तथा आर्थिक समस्याबाट गुज्रिन्छन् । ज्योतिष शास्त्रमा यस्ता धेरै उपायको बारेमा बताएईको छ जसको कारण मानिसले जीवनका अनेक प्रकारका समस्याहरुबाट छुटकारा पाउँछ ।

सुत्नु अघि सिरानीमुनि राख्नुहोस् यी चीजहरू
ज्योतिष शास्त्रमा यस्ता धेरै उपायहरु बताइएको छ जसको कारण व्यक्तिको कुण्डलीमा रहेको ग्रहको अशुभ प्रभाव शान्त भएर शुभ फल दिने गर्दछन् । त्यसै गरी सुत्नु अघि सिरानीमुनि केही चीज राख्दा मानिसले आफ्नो भाग्य बदल्न सक्छ । जान्नुहोस् यी उपायहरूको बारेमा ?

बेसार
हिन्दू धर्ममा कुनै पनि शुभ कार्यमा बेसारको प्रयोग गरिन्छ। शुभ कार्यमा बेसारको प्रयोग गरिन्छ । ज्योतिष शास्त्र अनुसार गुरु बृहस्पति देवलाई बेसारको स्वामी मानिन्छ । यदि कसैको कुण्डलीमा बृहस्पति कमजोर भएमा बेसारको कपडामा बाँधेर गाँठो बनाइ सिरानीमुनि राख्नाले बृहस्पति बलवान हुन्छ । यसबाट व्यक्तिको जीवनमा जागिर, व्यवसायमा सफलता मिल्छ र व्यक्तिको भाग्य चम्किन्छ ।

चाँदीको माछा
व्यक्तिले आफ्नो साथमा चाँदीको माछा राख्नु कुण्डलीमा शुक्र ग्रहलाई बलियो बनाउन शुभ मानिन्छ । यस्तो अवस्थामा सिरानी मुनि चाँदीको माछा राख्नुहोस् । साथै, खाटमुनि पानीले भरिएको चाँदीको भाँडो राख्नुहोस्। यसले कुण्डलीमा शुक्र ग्रह बलियो बनाउँछ। यसले जीवनमा सुख, समृद्धि, ऐश्वर्य र सौन्दर्य ल्याउँछ।

रातो चन्दन
ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा ग्रहहरूको राजा सूर्यलाई बलियो बनाउन तामाको भाँडोमा पानी भरेर ओछ्यानमुनि राख्नु लाभदायक हुन्छ । बिहान उठेर यो पानी पिउनुहोस् । साथै रातो रङको चन्दन पनि सिरानीमुनि राख्न सकिन्छ । यसले सूर्य ग्रहलाई बलियो बनाउँछ।

सुनको कुनै गहना
ज्योतिष शास्त्रका अनुसार मंगल र बुध ग्रहको सेनापतिलाई बलियो बनाउन सुनका गरगहनाको उपाय लाभदायक हुन्छ । यसका लागि राति सुत्नुअघि सुनका गहनाहरू जस्तै झुम्का, ब्रेस:_लेट, औँठी आदि सिरानीमुनि राखेर सुत्नुहोस्। यसले व्यवसाय र रोजगारी कामहरु बन्न थाल्नेछ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति : सिर्फ एउटा चिजले बदल्छ मानिसको जीवन