चाणक्य नीति : सिर्फ एउटा चिजले बदल्छ मानिसको जीवन

काठमाडौँ : आचार्य चाणक्यका नीतिहरु अहिलेको जमानामा पनि पहिलेझैँ सान्दर्भिक छन्। आचार्य चाणक्यले आफ्नो कालजयी रचना अर्थशास्त्रमा नीतिहरुको सङ्कलन गरेका छन्। उनले जीवनमा सफल हुन् धेरै मन्त्रहरु दिएका छन्, जुन पालना गरेर मानिसहरुले खुशीयाली जीवन बिताउन सक्छन्। आचार्य चाणक्यले जीवनमा बदलाव ल्याउन के-के मन्त्र दिएका छन् ?

आचार्य चाणक्यले आफ्नो नीतिमा भनेका छन्, “एक इच्छाले केही परिवर्तन गर्दैन्, एक निर्णयले थोरै बदलाव ल्याउँछ तर एक सङ्कल्पले सबैथोक बदल्छ।”

आचार्य चाणक्यका भनाईअनुसार मानिसले आफ्नो जिन्दगीमा आमूल परिवर्तन गर्नको लागि दृढ सङ्कल्प गर्न आवश्यक छ। धेरै मानिसहरु आफ्नो जीवनमा धेरै परिवर्तन गर्न चाहन्छन्। तर जीवनमा इच्छाशक्तिले मात्र सबथोक हासिल हुँदैन्। केही कुरा हासिल गर्नको लागि मनमा अडिग विश्वास र दृढ सङ्कल्पको आवश्यकता पर्दछ।

आचार्य चाणक्यले आफ्नो नीतिमा कुनै सपना देखेपछि त्यो पूरा गर्न पूर्ण रुपमा तयार हुनुपर्ने बताएका छन्। निर्णय लिएर मात्र आफ्नो सपना साकार पार्ने सोच्दै हुनुहुन्छ भने तपाई बिल्कुलै गलत सोच्दै हुनुहुन्छ। जीवनमा बदलाव ल्याउनको लागि इमान्दारीपूर्वक प्रयास गरियो मनुष्य अवश्यै सफल हुन्छन्।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मे महिनामा जन्मेका व्यक्तिहरू हुन्छन् निकै आकर्षक, यस क्षेत्रका युवतीले पाउँछन् ठुलो सफलता !