बैशाख २७ गतेको राशिफल : मङ्गलबार यी ५ राशिलाई प्रशस्तै लाभको योग छ, ३ राशि सतर्क रहनुस्

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ बैशाख २७ गते मङ्गलबार हो। मङ्गलबार बैशाख महिनाको शुक्लपक्षको नवमी तिथि हो र यस दिन सीता जयन्ती परेको छ।

बैशाख २७ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। मङ्गलबारको दिन हनुमान जीलाई समर्पित हुन्छ। यसैकारण मङ्गलबारको दिन बजरङ्गबलीको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। मङ्गलबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख २७ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – मङ्गलबार (Tuesday)।।। नक्षत्र – मघा , १५:१८ बजे उप्रान्त पूर्वफाल्गुनी ।।। तिथि – नवमी , १५:२७ बजे उप्रान्त दशमी ।।। करण – कौलव १५:२७ बजेदेखि तैतिल , २७:४० बजे उप्रान्त भद्रा ।।। योग – ध्रुव , १७:३० बजे उप्रान्त व्याघात ।।। बैशाख २७, २०७९, मङ्गलबार ।।। १० मे, सन् २०२२ ।।। नवमी, बैशाख शुक्लपक्ष ।।। बछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: २० ।।। सूर्यास्त(sunrise) – १८:४२ ।।। कार्यक्रमहरू : सीता जयन्ती ।।। शुभ साइत : – रुद्री गर्ने साइत, विवाह गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

धर्म-कर्ममा रुचि बढ्नेछ। अड्डा-अदालतका काम चुस्त-दुरुस्त ढङ्गले तपाईको अनुकूलमै अगाडी बढ्नेछ। लाभका अवसरहरु हात पर्नेछन्। मनमा नकारात्मक सोचले डेरा जमाउनेछ। चिन्ता तथा तनावको स्थिति सिर्जना हुनेछ। साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ। व्यावसायिक यात्रा सफल रहनेछ। विपक्षी सक्रिय हुनेछन्। स्वास्थ्य कमजोर रहन सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सवारी साधन तथा मेसिनरी सामानको प्रयोगमा सावधानी अपनाउनुहोस्। पुरानो रोग बल्झिन सक्छ। अरुको काम हस्तक्षेप नगर्नुहोस्। बुढापाकाको सल्लाह मान्नुहोस्। धन लाभ हुनेछ। अपेक्षित कार्यमा विलम्ब हुनेछ। व्यवसाय ठिकठाक रहनेछ। आयमा निश्चितता रहनेछ। धैर्यवान हुनुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

प्रेम सम्बन्धले नयाँ उचाई लिनेछ। परिवारको कुनै सदस्यको स्वास्थ्यले तपाईलाई चिन्तित बनाउनेछ। अनावश्यक वादविवादमा फस्नुहुनेछ। कानुनी अड्चनबाट टाढै रहनुहोस्। व्यापार वृद्धि हुनेछ। जागिरमा सहकर्मीले भरपूर सहयोग गर्नेछन्। लगानी गर्नु शुभ हुनेछ। मन प्रसन्न रहनेछ। लेनदेनमा हतार नगर्नुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आफ्नो निकट व्यक्तिको व्यवहारले तपाईको आत्मस्वाभिमानमा ठेस पुर्याउन सक्छ। शारीरिक पीडा हुने सम्भावना छ। बहुमूल्य चीजहरू सुरक्षित राख्नुहोस्। शत्रुहरु परास्त हुनेछन्। वाणीमा नियन्त्रण राख्नुहोस्। चल-अचल सम्पत्तिबाट ठूलो लाभ मिल्नेछ। आर्थिक उन्नतिको प्रयास सफल हुनेछन्। लगानी राम्रो रहनेछ। व्यापार बढ्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

घरका सदस्यका स्वास्थ्य र अध्ययनसम्बन्धी समस्याले चिन्तित बनाउँछ। विद्यार्थीवर्गले सफलता हासिल गर्नेछन्। कुनै आनन्दोत्सवमा भाग लिने मौका मिल्नेछ। यात्रा सुखद् रहनेछ। दुष्टजनहरुबाट टाढै रहनुहोस्। लगानीको लागि अनुकूल समय रहेको छ। व्यापार बढ्नेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शत्रुले हानि पुर्याउन सक्छ। दुखद् समाचार प्राप्त हुन् सक्छ। व्यर्थ दौडधुप हुनेछ। लाभका अवसरहरु हातबाट फुत्किनेछन्। अनावश्यक वादविवाद हुन् सक्छ। पुरानो रोग बल्झिन सक्छ। जोखिमपूर्ण काम नगर्दा नै राम्रो हुनेछ। व्यापार ठीकठाक चल्नेछ। आय स्थिर रहनेछ। थप मिहिनेत गर्नुपर्नेछ। धैर्यवान हुनुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

घर बाहिर तपाईले प्रफुल्लित अनुभूति गर्नुहुनेछ। शुभ समय छ। शत्रुहरु परास्त हुनेछन्। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। पराक्रम बढ्नेछ। लामो समयदेखि रोकिएका कम सहजै सम्पन्न हुनेछन्। शेयर बजारबाट सफलता मिल्नेछ। व्यापार-व्यवसायमा वृद्धि हुनेछ। वरिष्ठ अधिकारी तपाईको कामबाट प्रसन्न हुनेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

घरमा अतिथिको आगमन हुनेछ। खर्च बढ्नेछ। टाढाबाट शुभ समाचार प्राप्त हुनेछ। जोखिम मोल्ने हिम्मत बटुल्नुहोला। आत्मविश्वास बढ्नेछ। व्यापार व्यावसाय राम्रो हुनेछ। आम्दानी थोरै बढ्नेछ। अज्ञात भयले सताउनेछ। प्रेम सम्बन्धमा रहेका जोडीलाई अनुकूल समय रहेको छ। घरबाहिर खुशीको वातावरण रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आफ्नो आँखाको ख्याल राख्नुहोस्। अज्ञात भयले भित्र-भित्रै तपाईलाई खानेछ। आफ्नो बोलीमा नियन्त्रण गर्नुहोस्। व्यावसायिक यात्रा सफल रहनेछ। अप्रत्याशित लाभ हुन् सक्छ। लोट्टरीबाट टाढै रहनुहोस्। बेरोजगारी हटाउने प्रयास सफल हुनेछन्। जागिरमा बढुवाको योग छ। साझेदारको सहयोग मिल्नेछ। सुख मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

स्वास्थ्य कमजोर रहनेछ। कुनै अपरिचितलाई अतिविश्वास नगर्नुहोस्। विवादले समस्या निम्त्याउनेछ। अरुको उक्साहटमा नआउनुहोस्। अप्रत्याशित खर्च बढ्नेछ। चिन्ता र तनाव रहनेछ। व्यापारको गति सुस्त रहनेछ। आम्दानीमा निश्चितता रहनेछ। कुनै ठूलो समस्या आउन सक्छ। धैर्यवान हुनुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

भौतिक सुख-सुविधामा वृद्दि हुनेछ। व्यावसायिक यात्रा सफल रहनेछ। बक्यौता असुलीका प्रयास सफल हुनेछन्। लाभका अवसरहरु हात लाग्नेछन्। व्यवसाय ठिकठाक चल्नेछ। साथीभाइको सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ। लामो समयदेखिको रोकिएका कामले गति लिनेछ। शारीरिक पीडाको सम्भावना छ र तनाव रहनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आराम र मनोरञ्जनका साधनहरू उपलब्ध हुनेछन्। यश बढ्नेछ। व्यापार वृद्धि हुनेछ। नयाँ योजना बन्नेछन्, जसबाट तत्काल लाभ मिल्नेछ। कार्यप्रणालीमा सुधार हुनेछ। विरोधी सक्रिय रहनेछन्। काममा उच्च अधिकारीहरु खुसी रहनेछन्। प्रलोभनमा नपर्नुहोस्। चोटपटक र रोगका कारण समस्या आउन सक्छ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१८:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट सुरु भयो यी राशिका शुभ दिन, ग्रहको स्थितिमा आयो ठुलो परिवर्तन !