मंगल् ग्रले केही दिनमा राशि परिवर्तन गर्दैछन् । मंगल ग्रहको यस परिवर्तनको कारण सबै राशिमा शुभ तथा अशुभ प्रभाव पर्ने भएको छ । मंगल ग्रह साहस, पराक्रम, दाम्पत्य जीवन, भूमिको कारक हो। मङ्गल ग्रहको राशि परिवर्तनको कारण ३ राशिका मानिसहरुलाई धेरै शुभ फल दिनेछ । मंगल् देव सन् २०२२ मे महिनाको १७ तारिकमा राशि परिवर्तन गर्ने भएका छन् ।
यी राशिलाई अत्यन्तै शुभ हुने भएको छ मंगल देवको राशि परावर्तन
वृष राशि
वृष राशिको लागि मंगल देवको राशि परिवर्तन निकै शुभ हुने भएको छ । यस समयमा वृष राशिका मानिसले करियरको सन्दर्भमा अधिकतम लाभ प्राप्त गर्नेछन्। यस समयमा वृष राशिका मानिसले नयाँ काम पाउने छन् । आम्दानीको नयाँ-नयाँ स्रोत भेटिनेछ । कार्यस्थलमा प्रशंसा मिल्नेछ । त्यस्तै व्यापारीहरूले धेरै नाफा प्राप्त गर्नेछन्। यस बाहेक साझेदारीमा काम गर्नेहरूलाई धेरै फाइदा हुनेछ। विवाहितहरूका लागि पनि यो समय राम्रो रहनेछ।
मिथुन राशि
मंगल ग्रहको राशि परिवर्तनले मिथुन राशिका व्यक्तिहरुका लागि पनि राम्रो समय ल्याउने भएको छ । हरेक काममा सफलता मिल्नेछ । करियरमा ठूलो सफलता सजिलै पाउन सकिन्छ । नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ । पदोन्नति-वृद्धि हुन सक्छ। व्यापार व्यवसाय गर्ने हरुको लागि यो समय राम्रो रहेको छ । यस समयमा ठूलो सम्झौता हुन सक्छन्।
कर्कट राशि
कर्कट राशिका लागि मंगल ग्रहको राशि परिवर्तनले भाग्यमा वृद्धि हुनेछ । यस समयमा रोकिएका सबै काम छिटो सम्पन्न हुनेछन् । जुनसुकै काममा सफलता मिल्नेछ । लामो तथा रमाइलो यात्रा हुन सक्छ। परीक्षा-अन्तर्वार्तामा सफलता मिल्ने प्रबल सम्भावना छ। यसका साथै अचानक आर्थिक लाभ पनि हुनेछ ।