शनि ढैय्याको नाम सुनेपछि मानिसको मनमा फरक किसिमको डर पैदा हुन्छ । किनभने जाब शनिको ढैय्या सुरु हुन्छ तब शनिले व्यक्तिको कर्म अनुसारको शुभ वा अशुभ फल दिन्छन्। जसले खराब कर्म अगरेको छ र जसको कुण्डलीमा शनिको स्थिति कमजोर हुन्छ, उसले ढैय्याको समयमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।
साथै, जसको कर्म राम्रो छ र शनि पनि बलवान छन् उनीहरुका लागि यो समय वरदान भन्दा कम छैन । आज हामी यस पोस्ट मार्फत ती दुई राशिका बारेमा बयान गर्ने छौँ जसमा शनिको ढैय्या छिट्टै सुरु हुँदैछ ।
६ महिनासम्म यी राशिमा रहने छ शनिको ढैय्या
शनिले केही दिन पहिले २९ अप्रिलमा राशि परिवर्तन गरेका थिए । यस अवधिमा शनि मकर राशिबाट कुम्भ राशिमा सरेक छन् । फलस्वरूप मिथुन र तुला राशिका मानिसहरूले शनि ढैय्याबाट मुक्ति पाएका छन्। योसँगै कर्कट र वृश्चिक राशिका मानिसमा शनि ढैय्या सुरु भएको थियो । तर अब शनिले फेरि राशि परिवर्तन गर्न लागेका छन् ।
सन् २०२२ जुलाई १२ बाट शनि मकर राशिमा आफ्नो अघिल्लो राशिमा उल्टो चालमा पुन: प्रवेश गर्नेछ। जसका कारण मिथुन र तुला राशिका मानिसहरु फेरि शनि ढैय्याको चपेटामा रहनेछन् । जबकि कर्कट र वृश्चिक राशिका व्यक्तिहरूले यसबाट मुक्ति पाउनेछन्।
यी दुई राशिले कहिले पाउनेछन् शनि ढैय्याबाट मुक्ति ? शनि ग्रह ५ जुन २०२२ मा प्रतिगामी सुरु हुनेछ। त्यसपछि जुलाई १२ बाट प्रतिगामी हुँदै मकर राशिमा प्रवेश गर्न थाल्नेछ। जहाँ उनी १७ जनवरी २०२३ सम्म बस्नेछन्। यस पछि, पुन: कुम्भ राशिमा फर्किनेछ। मिथुन र तुला राशिका लागि जुलाई १२ देखि १७ जनवरी २०२३ सम्मको समय कष्टदायी साबित हुनेछ।
यस अवधिमा यी राशिहरु सबै कुरामा धेरै सावधान रहनु पर्छ। साथै कर्कट र वृश्चिक राशिका लागि यो समय राहतदायी साबित हुनेछ । किनकी यस अवधिमा यी दुबै राशि शनि ढैय्याको प्रभावबाट मुक्त रहनेछन् ।