काठमाडौँ : आचार्य चाणक्यका नीतिहरु पहिले जति प्रसिद्ध थिए, अहिले पनि उत्तिकै लोकप्रिय छन्। आचार्य चाणक्यले आफ्नो नीतिहरूमा सफल व्यक्तिका धेरै गुणहरू बताएका छन्। आज हामी आचार्य चाणक्यले बताएको कुनै नयाँ व्यक्ति भेट्दा अपनाउनु नयाँ युक्तिबारे बताउँछौँ। आचार्य चाणक्यका नीति अनुसार हामी सबैले यस्तो बोली बोल्नुपर्छ जुन सुन्दा अरुलाई राम्रो मात्र हैन, त्यो सुनेर तपाईको प्रसिद्धि पनि बढ्नेखाले हुनुपर्छ। आचार्य चाणक्यले बताएका यी कुराहरु मान्ने हो भने व्यक्तिले जीवनमा अवश्यै सफलता हासिल गर्छन्।
चाणक्य नीति अनुसार यदि तपाई कुनै यस्ता व्यक्तिसँग भेट गर्दै हुनुहुन्छ जसलाई तपाईबारे केही पनि थाहा छैन भने तिनको अगाडी आफ्नो कमजोरी व्यक्त नगर्नुहोस्। प्रभावशाली या शक्तिशाली व्यक्तिसँग भेट गर्दा तपाईले पनि आफूलाई उनीहरु जत्तिकै प्रभावशाली देखाउन अत्यन्तै आवश्यक हुन्छ।
कुनै नयाँ व्यक्तिसँगको भेटपछि ऊसँग तपाई मित्र बन्नुभयो भने पनि तपाईले आफ्नो गोप्य राज उसको अगाडी नखोल्नुहोला। चाणक्य नीति अनुसार कसैसँग निकटता बढे पनि आफ्नो सम्पूर्ण कुराहरु उसलाई सुनाउनुहुँदैन। केही कुराहरु गोप्य राख्दा नै वेश हुन्छ। त्यसैले मुख खोल्नुअगाडी सयपटक सोच्नुपर्छ।