काठमाडौँ : ज्योतिष शास्त्रमा प्रत्येक व्यक्तिको राशि उनीहरुका जन्मतिथि, जन्मस्थान र जन्म समयमा निर्भर गर्दछ। तीनवटै कुराको आधारमा व्यक्तिको राशि निर्धारण हुन्छ र यसैको आधारमा उनीहरुको स्वभाव र भविष्य तय हुन्छ। प्रत्येक व्यक्तिको अलग-अलग रुचि र अरुचि हुन्छ। व्यक्तिको शान्त या क्रोधित स्वभाव पनि उनीहरुका राशिमै निर्भर हुन्छ। आज हामी यी ३ राशिका युवतीका बारेमा चर्चा गर्छौँ, जो स्मार्ट र चुलबुले स्वभावका हुन्छन् र कुरा गर्नमा एकदमै चलाख हुन्छन्।
पहिलो पटक कुरा गर्दा नै यी युवतीको बोल्ने शैलीले मानिसहरुलाई सम्मोहित बनाउँछ। उनीहरुले पहिलो भेटमै मानिसहरुलाई फ्यान बनाउँछन्। आउनुहोस् ती राशिका युवतीहरुका बारेमा जानौँ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
ज्योतिष शास्त्रअनुसार वृष राशिका युवतीहरुलाई निकै चतुर र प्रतिभाशाली मानिन्छ। आफ्नो बोलीको अनौठो शैलीले जो कोहीको मनमा स्थान बनाउँछन्। उनीहरुका बोल्ने शैली पनि अरु भन्दा बिल्कुलै फरक हुन्छ। आफ्नो काम कसैबाट गराउन उनीहरु धेरै मिठो बोल्छन्। उनीहरु कलाप्रेमी हुन्छन्। महँगा सामानहरुका सौखिन हुन्छन्। यस राशिमा शुक्रदेवको आधिपत्य हुन्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका युवतीहरु यस मामिलामा दोस्रो स्थानमा आउँछन्। उनीहरु चलाख हुनुका साथै खुल्ला विचारका हुन्छन्। कुराकानीमा माहिर हुन्छन्। मनको सफा हुन्छन्। कसैले केही भन्नु परेमा उनीहरुकै अगाडी भनिदिन्छन्। बोल्नुभन्दा अगाडी बिल्कुलै सोच्दैनन्। केटाहरु उनीहरुप्रति छिट्टै आकर्षित हुन्छन्। मिथुन राशिका युवतीहरु आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन्छन्। उनीहरु बिजनेस माइन्डेड हुन्छन र उनीहरुको सेन्स अफ ह्युमर निकै राम्रो हुन्छ। उनीहरु हँसमुख स्वभावका हुन्छन्। मिथुन राशिमा बुध ग्रहको आधिपत्य हुन्छ। बुध ग्रहलाई वाणीको स्वामी मानिन्छ। यहीँ कारण यस राशिका युवतीहरुले आफ्नो बोलीचालीले मानिसहरुलाई एकदमै प्रभावित पार्छन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका युवतीहरु साहसी र बुद्धिमान हुन्छन्। उनीहरुको सेन्स अफ ह्युमर अद्भुत हुन्छ। यस राशिका युवतीहरु प्रतिकूल परिस्थितिमा पनि रत्तिभर डराउँदैनन्। पहिलो भेटमै मानिसहरुलाई दीवाना बनाउँछन्। उनीहरुको बोल्ने शैली अरु भन्दा बिल्कुलै भिन्न हुन्छ। उनीहरु आफ्नो जीवनमा जोखिम मोल्नुपर्नेमा विश्वास गर्छन्। यस राशिको स्वामी मङ्गलदेव हो र मङ्गलदेवले यिनलाई यी गुणहरु दिन्छ।