काठमाडौँ : आचार्य चाणक्यले आफ्ना नीतिहरूमा जीवनका हरेक पक्षहरुबारे विस्तृत रूपमा व्याख्या गरिएको छ। उनले आफ्ना नीति अपनाए मानिसहरु कुनै पनि समस्याबाट बाहिर निस्कने सक्ने बताएका छन्। आचार्य चाणक्यको नीति र विचार अलिकति कठोर लागे पनि यो कठोरता नै जीवनको सत्यता हो। दौडधूपपूर्ण जिन्दगीमा तपाईले उनका विचारहरुलाई बेवास्ता गरेपनि उनका विचारहरु जीवनका हरेक मोडमा उपयोगी साबित हुनेछ।
आचार्य चाणक्यका तिनै विचारहरुमध्ये आज हामी एक अर्को विचारबारे विश्लेषण गर्नेछौँ। आचार्य चाणक्यले सफल व्यक्ति बन्नका लागि केही महत्वपूर्ण कुरा बताएका छन्। जानौँ, ती कुराका बारे।
श्लोक : –
आलस्योपहता विद्या परहस्तं गतं धनम्।
अल्पबीजहतं क्षेत्रं हतं सैन्यमनायकम्॥
भावार्थ : –
आलस्यले विद्यालाई नष्ट गर्छ। धन अरुको हातमा पर्दा धन बर्बाद हुन्छ। कम बीजले खेत तथा बिना सेनापतिको सेना दुर्गतिको बाटोमा लाग्नेछ।
१. आचार्य चाणक्यको भनाई अनुसार मानिसले कहिल्यै अल्छी गर्नुहुँदैन्। यदि तपाईले अल्छी गर्नुभयो भने तपाईले आफ्नो लक्ष्य कहिल्यै प्राप्त गर्नुहुनेछैन्। अल्छी व्यक्ति जीवनमा कहिल्यै सफल हुन् सक्दैनन्। साथै आलस्यले स्वास्थ्यमा पनि गम्भीर असर पार्छ। त्यसैले आचार्य चाणक्यले आलस्यबाट टाढा रहन सुझाव दिएका छन्।
२. आचार्य चाणक्यका भनाई अनुसार पैसा नै हाम्रो जीवनको सबैथोक होइन। तर पैसाको मद्दतले तपाईले अधिकांस चीजहरु सहजै प्राप्त गर्न सक्नुहुन्छ। तपाईसँग पर्याप्त धन छ भने समाजमा मान-सम्मान मिल्नेछ र तपाईले सुखी जीवन बिताउन सक्नुहुन्छ। तर जब तपाईले आफ्नो धन कसैलाई दिनुहुन्छ तब तपाईको जिनाहराम हुन्छ। यस्तो यसकारण कि त्यस व्यक्तिले आफ्नो मन अनुसार खर्च गर्नेछ र तपाईको धन क्रमश: रित्तिदै जानेछ।
३. चाणक्य नीतिका कथन अनुसार यदि कुनै खेतमा कम बीज छरेर बढी फलको आशा गर्नु बिल्कुलै असम्भव कुरा हो। तपाईले छरेको बिज अनुसार नै फल प्राप्त हुनेछ। त्यसैले चाणक्य अनुसार जवानीमा सधैँ कडा मेहनत गर्नुपर्छ, जसले भविष्यमा सफलता हासिल गराउन मद्दत गराउँछ।
४. आचार्य चाणक्यका अनुसार सेनामा सेनापति नभएको खण्डमा त्यो सेनाको छिट्टै सर्वनाश हुन्छ। सेनालाई सही मार्गनिर्देशन गर्ने सेनापतिको अभाव भएमा सेना दुर्गतिको खाडलमा जाकिनेछ। ठिक त्यसरी नै कुनै परिवारमा मूलीको अभाव भयो भने परिवारका सदस्यहरु गलत बाटोमा लाग्न सक्छन्। घरमूलीको नभएमा घरमा पारिवारिक कलह बढ्नेछ। घरमूलीले नै परिवारका सदस्यलाई सही बाटोमा हिडाउन सक्छ।