पतिलाई आफ्नो औँलामा नचाउँछन् ४ राशिका महिलाले, घरमा चल्छ एकलौटी राज

काठमाडौँ : अधिकांस नेपालीहरु ज्योतिष शास्त्रमा विश्वास गर्छन्। ज्योतिष शास्त्रले हाम्रो राशि र ग्रहहरुका स्थितिका आधारमा हाम्रो भविष्य बताउने दाबी गर्दछ। यसबाहेक राशि र जन्मकुण्डली हेरेर पनि कुनै व्यक्तिको स्वभावको राज खोल्छ। आज हामी ती राशिका बारेमा बताउँछौँ, जो राशिका युवतीका स्वभाव हक जमाउने खाले हुन्छ। बिहेपछि यस्ता युवतीहरु पतिलाई औँलामा नचाउँछन्। घरमा उनीहरुकै एकलौटी राज हुन्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यस राशिका युवतीहरुले आफ्नो आकर्षक व्यक्तित्वले युवकका ध्यान आकर्षित गर्छन्। उनीहरु स्वभावले तेज र चलाख हुन्छन्। यस राशिका युवतीहरुका लागि केटाहरु आफ्नो औँलामा नचाउनु देब्रे हातको खेल हो। उनीहरुले आफ्नो मिठा-मिठा कुरा र सुन्दरताले युवकलाई फसाउँछन्। त्यसपछि तिनीहरुबाट आफ्नो काम पूरा गराउँछन्। यिनीहरुको स्वभाव सबैमा अधिकार जमाउने हुन्छ। यिनीहरुले एकपटक भनेको कुरा पतिले जसरी भए पनि गर्नुपर्छ। उनीहरु छिट्टै रिसाउँछन्। इच्छा अनुसार काम नहुँदा श्रीमानको ब्याण्ड पनि बजाउँछिन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका युवतीहरु खुल्ला सोच-विचारका हुन्छन्। उनीहरु आफ्नो जीवन आफ्नै शर्तमा बिताउन रुचाउँछन्। उनीहरु कसैको बन्धनमा बाँधिएर बस्न सक्दैनन्। त्यसैले विवाहपछि पतिले चाहेर पनि उनीहरुलाई नियन्त्रण गर्न सक्दैनन्। उनीहरुको जिद्दीपनको अगाडी पति झुक्नु नै पर्छ। उनीहरु निकै प्रतिभाशाली पनि हुन्छन्। उनीहरु आफ्नै दममा सबै काम गर्छन्। उनीहरु करियरमा पनि धेरै अगाडी बढ्छन्। उनीहरुको आत्मनिर्भरताका कारण पति पनि उनीहरुको अगाडि झुक्नुपर्ने हुन्छ। पतिले पनि उनीहरुको अगाडी जीहजुर गर्छन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका युवतीहरु हठी स्वभावका हुन्छन्। एकपटक कुनै कुराको अठोट गरेपछि त्यसलाई पूरा गरेरै विश्राम लिन्छन्। प्राय: उनीहरुको जिद्दीपनको अगाडी पति पनि घुँडा टेक्न बाध्य हुन्छन्। यद्यपि उनीहरुको स्वभावमा मिठास र प्रेम हुन्छ। उनीहरु बाठी स्वभावका हुन्छन्। यसैको दममा उनीहरु आफ्नो मनोमानी गर्छन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका युवतीहरुमा अरुको मन सहजै जित्ने क्षमता हुन्छ। उनीहरु काम र व्यवहारले मानिसहरुलाई आफ्नोपनको महसुस गराउँछन्। उनीहरु काम गर्ने तरिका बिल्कुलै फरक हुन्छ। उनीहरु कुनै पनि काम अद्वितीय ढङ्गले गर्छन्। उनीहरु कहिल्यै चोरीकाम गर्दैनन्। धेरै मेहनती स्वभावका हुन्छन्। उनीहरुका दिमाग पनि धेरै चल्छ। उनीहरु सधैँ सही कुरा गर्छन्। उनीहरुलाई कुरामा कहिल्यै-कसैले पनि जित्न सक्दैनन्।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९१५:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भान्सामा छिरेर बिरालोले दूध खानु शुभ हो कि अशुभ ? यस्तो छ रोचक जनविश्वास