भान्सामा छिरेर बिरालोले दूध खानु शुभ हो कि अशुभ ? यस्तो छ रोचक जनविश्वास

काठमाडौँ : ‘बिरालो’ हेर्दा निकै मायालाग्दो हुन्छ। कतिपय मानिसहरु बिरालो घरमा पाल्न मन पराउँछन्। सडक-गल्ली-बाटोतिर तपाईले बिरालो डुलिरहेको पक्कै देख्नुभएकै होला। कहिले बिरालोले हाम्रो बाटो काट्छ त कहिले घरमा छिरेर भाँडोको दूध पिउँछ। यस्ता कुरालाई लिएर समाजमा धेरैखाले मान्यताहरु प्रचलित छन्।

बिरालोसँग सम्बन्धित केही कुरा शुभ मानिन्छ भने केही कुरालाई अशुभ मानिन्छ। ज्योतिष शास्त्रमा बिरालोलाई राहुको सवारी भनिएको छ। आज हामी तपाईलाई बिरालोसँग सम्बन्धित केही रोचक कुराहरु बताउँछौँ। यो लेख पढेपछि तपाईको बिरालोबारे सबै शङ्काहरु हट्नेछन्।

बिरालोले बाटो काट्यो भने अशुभ हुन्छ। यो कुरा सबैलाई थाहा छ। तर सत्य यो हो कि हरेक पटक बिरालोले बाटो काट्दा अशुभ हुँदैन्। यदि बिरालो बायातर्फबाट बाटो काटी दायाँतर्फ जाँदै छ भने यसलाई अपशकुन मानिन्छ। बाँकी अन्य दिशाबाट बिरालो आउनु र जानुलाई अशुभ मानिदैन्।

बिरालोले यदि बाटो काट्यो भने पनि आत्तिनु पर्दैन। तपाई त्यहीँ एकछिन रोकिनुहोस् र दुवै हात जोडेर भगवानलाई याद गर्नुहोस्। त्यसपछि काटो काट्नुहोस। यसो गर्नाले बिरालोको अपशकुन समाप्त हुन्छ। त्यसपछि तपाईले गर्न लागेको काममा बाधा-अवरोध आउँदैन्। साथै तपाईको यात्रा सुरक्षित रहनेछ।

कहिलेकाहीँ तपाईको भान्सामा छिरेर बिरालोले दूध खान्छ। बिरालोको यस्तो हर्कत देखेर मानिसहरु रिसाउँछन्। तर तपाई खुशी हुनुपर्छ। बिरालोले दूध पिउनु शुभ सङ्केत हो। यसको मतलब तपाईको घरको आर्थिक स्थितिमा सुधार आउँछ। घरमा धनको आगमन हुनेछ। आर्थिक समस्या अन्त्य हुनेछ।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ राशिका युवतीले पहिलो भेटमै युवकलाई लगाउँछन् मोहनी, हुन्छन् चञ्चली-चुलबुली