काठमाडौँ : ज्योतिष शास्त्र जस्तै सामुद्रिक शास्त्रले पनि व्यक्तिको स्वभाव, व्यक्तित्व र भविष्यको बारेमा जानकारी दिन्छ। ज्योतिषशास्त्रले व्यक्तिको राशिको आधारमा व्यक्तिबारे आँकलन गर्छ। तर सामुद्रिक शास्त्रले व्यक्तिको शरीरका अङ्गका आकार, रङ्ग, शरीरका निशान आदिका आधारमा व्यक्तिबारे भविष्यवाणी गर्छ। हरेक व्यक्तिको शरीरको बनावट अलग हुन्छ र त्यसैमा व्यक्तिको स्वभाव र भविष्य निर्भर गर्दछ।
आज हामी ती युवतीहरुका बारेमा चर्चा गर्छौँ जसको गालामा डिम्पल पर्छ। युवतीको गालामा डिम्पल पर्दा उनीहरुका सुन्दरतामा चार चाँद लाग्छ। सामुद्रिक शास्त्रमा यसैको आधारमा व्यक्तिको स्वभाव, भविष्य र रुचि-अरुचि बारे थाहा पाउन सकिन्छ। गालाको बनावटको आधारमा व्यक्तिको स्वभाव कस्तो हुन्छ त ?
गालाको बनावटको आधारमा व्यक्तिको स्वभाव : –
सामुद्रिक शास्त्रमा भनिएको छ कि जुन युवतीको गालामा डिम्पल पर्छ उनीहरुको आर्थिक स्थिति अरु केटीहरुको तुलनामा निकै राम्रो हुन्छ। यी युवतीहरुले जीवनमा धेरै खुशी प्राप्त गर्छन्। पैसाको अभाव कहिल्यै हुँदैन्। बेपर्वाह खर्च गर्छन्। साथै विवाहपछि यी युवतीहरुका जीवन सुखमय रहन्छ।
गालामा कालो कोठी हुने युवतीलाई धेरै भाग्यशाली मानिन्छ। जीवनका हरेक कार्यमा सफलता हासिल गर्छन्। पुरुषको गालामा कालो कोठी शुभ मानिदैन्। सामुद्रिक शास्त्रमा यसलाई अशुभ मानिन्छ।
सामुद्रिक शास्त्र अनुसार गुलाबी र गाला पुक्क भएका व्यक्तिहरु भाग्यमानी हुन्छन्। उनीहरुका जीवन सुखद् रहनेछ। यी व्यक्तिहरुले पनि जे काम गरे पनि त्यसमा सफलता हासिल गर्छन्।
पुक्क गाला नभएका युवतीहरुले पारिवारिक सुख पाउँदैनन्।