जेठ १ गते सुर्यको गोचर, यी ३ राशि रहनुस् सावधान

काठमाडौँ : ज्योतिष शास्त्रमा सूर्यलाई एक प्रमुख ग्रह मानिन्छ। ज्योतिषविद्का अनुसार सूर्यको सम्बन्ध पिता र हाम्रो आत्मासँग हुन्छ। सूर्यलाई ज्योतिष शास्त्रमा ग्रहहरुका अधिपति यानी सबै ग्रहहरुका राजाको रुपमा वर्णन गरिएको छ।

हिन्दू पञ्चाङ्ग अनुसार बैशाख महिनाको शुक्लपक्षको पूर्णिमामा जेठ २ गते चन्द्रग्रहण लाग्नेछ। यसभन्दा एक भन्दा अगाडी अर्थात जेठ १ गते सूर्यले आफ्नो राशि परिवर्तन गर्दैछ। सूर्यले जेठ १ गते आइतबार बिहान गोचर गर्नेछ।

ज्योतिषशास्त्रका जानकारहरु अनुसार यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्य शुभ स्थितिमा छ भने तिनले यश प्राप्त गर्छन्। उच्च पद प्राप्त गर्नमा पनि सूर्यको भूमिका महत्वपूर्ण मानिन्छ। सूर्यलाई पिता, अफिसमा बोस पनि भनिन्छ। त्यसैले ज्योतिषाचार्यका अनुसार सूर्यको यो राशि परिवर्तनले तीन राशिलाई प्रभाव पार्नेछ। त्यसैले उनीहरु सचेत रहनुहोस्।

मिथुन, तुला र वृश्चिक राशि रहनुहोस् सावधान : – ज्योतिषविद्का अनुसार सूर्यको यो परिवर्तनपछि मिथुन राशिका जातकले अलिक सावधानी अपनाउनुपर्नेछ। असमझदारीका कारण दाजुभाइसँगको सम्बन्ध बिग्रन सक्छ। जागिरेदारहरुले कार्यस्थलमा समस्याको सामना गर्नुपर्नेछ। तुला राशिका जातकले आर्थिक समस्याको सामना गर्नुपर्नेछ। घर-जग्गा खरिदबिक्री नगर्नुहोस्, समय अनुकूल छैन्। कुनै पनि नयाँ व्यापार-व्यवसाय सुरु नगर्नुहोस्। केही समय प्रतीक्षा गर्नु नै लाभदायी हुनेछ।

यसबाहेक वृश्चिक राशिका जातकले थोरै कठिनाईको सामना गर्नुपर्नेछ। नोकरी पेशामा समस्या आउन सक्छ। यात्राको सम्भावना छ। आफ्नो रिसलाई काबूमा राख्नुहोस्। वैवाहिक जीवनमा खटास आउन सक्छ। साथै जीवन साथीसँगको सम्बन्धमा केही समस्या आउन सक्छ।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पतिलाई आफ्नो औँलामा नचाउँछन् ४ राशिका महिलाले, घरमा चल्छ एकलौटी राज