यस्ता मानिसमाथि कहिल्यै गर्नुहुँदैन् भरोसा, अन्यथा अकालमै ज्यान गुमाउनुहुनेछ

काठमाडौँ : आचार्य चाणक्य अर्थशास्त्र, राजनीतिक विशेषज्ञ र आयुर्वेदका पनि जानकार थिए। आचार्य चाणक्यको नीति र विचार अलिकति कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो। दौडधुपपूर्ण यो जीवनमा तपाईले यी विचारहरुलाई बेवास्ता गरे पनि यी विचारहरु नै जीवनको हरेक मोडमा उपयोगी हुन्छन्।

आचार्य चाणक्यले मनुष्यको जीवन सफल बनाउन थुप्रै तरिकाहरु बताएका छन्। आचार्य चाणक्यका तिनै विचारहरुमध्ये एक विचारबारे आज हामी विश्लेषण गर्नेछौँ। आचार्य चाणक्यले ती व्यक्तिहरूको बारेमा बताएका छन्, जसमाथि कहिल्यै भरोसा गर्नुहुँदैन्।

श्लोक : – 
नदीनां शस्त्रपाणीनांनखीनां श‍ृङ्गिणां तथा ।
विश्वासो नैव कर्तव्यः स्त्रीषु राजकुलेषु च ॥

अर्थ : –

आचार्य चानक्यका कथन अनुसार नदी, अस्त्र-शस्त्र भएका मानिस, नङ्ग्रा र सिङ्ग भएका पशु, महिला, राजपरिवारका मानिसलाई कहिल्यै विश्वास गर्नुहुँदैन्।

• नदी : –

चाणक्यका अनुसार नदीको कहिल्यै भरोसा गर्नुहुँदैन्। नदीको वेग र गहिराईबारे पत्ता लगाउनु धेरै कठिन काम हो। यसबारे थाहा नभई तपाई नदीमा पस्नुभएमा तपाईको ज्यान जोखिममा पर्न सक्छ।

• अस्त्र-शस्त्र भएका मानिस : – 

चानक्य नीति अनुसार अस्त्र-शस्त्र भएका मानिसलाई कहिल्यै विश्वास गर्नुहुँदैन। यस्ता व्यक्तिहरु यदि रिसाएमा उनीहरुले तुरुन्त शस्त्र प्रयोग गरी तपाईलाई हानि पुर्याउन सक्छन्।

• नङ्ग्रा र सिङ्ग भएका पशु : – 

आचार्य चाणक्य अनुसार नङ्ग्रा र सिङ्ग भएका पशुलाई कहिल्यै विश्वास गर्नुहुँदैन्। किनकी ती पशुले तपाईलाई जुनसुकै बेला आक्रमण गर्न सक्छन्।

• स्त्री : –

चाणक्यका भनाई अनुसार दुष्ट प्रवृतिका महिलालाई कहिल्यै विश्वास गर्नुहुँदैन्। यस्ता महिलाले तपाईलाई जुनसुकै बेला समस्यामा फसाउन सक्छन्।

• राजघरानाका मानिस : – 

आचार्य चाणक्य अनुसार राजपरिवारका मानिसहरूलाई कहिल्यै विश्वास गर्नुहुँदैन। यस्ता व्यक्तिहरुले आफ्नो परिवारको स्वार्थको लागि तपाईको गोप्य कुराको फाइदा उठाउन सक्छन्। त्यसैले यस्ता व्यक्तिहरुको कहिल्यै विश्वास गर्नुहुँदैन्।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१४:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी दुई राशिका मानिसहरु बिताउँछन् विलासी जीवन, हुन्छ बृहस्पति देवको विशेष कृपा !