यी दुई राशिका मानिसहरु बिताउँछन् विलासी जीवन, हुन्छ बृहस्पति देवको विशेष कृपा !

ज्योतिष शास्त्रमा बृहस्पति गृहलाई सबै ग्रहहरु मध्य सबैभन्दा शुभ ग्रह मानिन्छ। किन भने बृहस्पतिलाई सबै देवी-देवताहरूको गुरु पनि भनिन्छ। यो ग्रह ज्ञान, गुरु, सन्तान, धार्मिक कार्य, पवित्र स्थान, जेठो दाजु, शिक्षा, धन, दान, पुण्य र वृद्धिको कारक मानिन्छ । भनिन्छ बृहस्पतिको कृपा भएका मानिसहरुको जीवन धनधान्यले भरिपूर्ण रहन्छ ।

ज्योतिष शास्त्र अनुसार केही यस्ता राशिहरु छन् जसमा देवी-देवताहरूको गुरु बृहस्पतिको विशेष कृपा हुन्छ । जान्नुहोस् यी राशिका व्यक्तिहरुको बारेमा ।

धनु राशि

धनु राशिको स्वामी ग्रह बृहस्पति देव हुन् । त्यसैले धनु राशिका मानिसहरु  माथि बृहस्पति देवको विशेष कृपा हुन्छ । यी व्यक्तिहरूले शिक्षाको क्षेत्रमा धेरै नाम कमाउँछन्। यस राशिका व्यक्ति धेरै धार्मिक स्वभावका पनि हुन्छन् । यस राशिका मानिस निकै जिज्ञासु हुन्छ । साथै बुद्धिमान, निडर र इमानदार हुन्छन्। उनीलाई देखावटी गर्ने मान्छे पटक्कै मन पर्दैन । उनीहरूले जीवनमा विरलै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। यस राशिका मानिस मिहिनेत गरेर मनग्य आम्दानी गर्न सफल हुन्छन् ।

मीन राशि

यस राशिको स्वामी पनि देव गुरु बृहस्पति हुन्। यस राशिका मानिसहरु शान्त र आफ्नो काम गर्ने स्वभावका हुन्छन् । यस राशिका मानिस परिवार तथा समाजमा धेरै सम्मान पाउँछन् । यस राशिका मानिस निकै भरपर्दो हुन्छन् । यस राशिका मानिस शिक्षा क्षेत्रमा सफल हुन्छन्। यस राशिका मानिसलाई अरुको नक्कल गर्न पटक्कै मन पर्दैन । यस राशिका मानिसमा काल्पनिक शक्ति धेरै बलियो हुन्छ । यस राशिका व्यक्ति सधैँ अनुशासनमा रहन मन पराउँछन्। यस राशिका मानिसको स्वभाव यस्तो हुन्छ की आफ्नो स्वभावले जो कोहीको मन जित्छ ।

बृहस्पति देवको आशीर्वाद प्राप्त गर्ने उपाय

बृहस्पति देवलाई प्रसन्न पार्न केही वस्तु दान गर्नु शुभ मानिन्छ। यी हुन् सुन, काँसाका भाँडा, घिउ, पहेँलो फूल, पहेँलो फल, पुखराज, पहेँलो कपडा, चनाको दाल। विशेष गरी बिहीबारको दिन यो दान गर्नु धेरै शुभ मानिन्छ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिका व्यक्ति हुन्छन् किस्मतको धनी, समय भन्दा पहिले मिल्छ हरेक चिज