काठमाडौँ : हिन्दु पञ्चाङ्ग अनुसार हरेक महिना ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन हुन्छ। ग्रेगोरियन क्यालेन्डरअनुसारको मे महिनामा दुई ठूला र महत्वपूर्ण ग्रहले आफ्नो स्वराशिमा विराजमान गर्नेछन्। कुनै ग्रह आफ्नो राशिमा विराजमान गर्दा एक राजयोग निर्माण हुन्छ। ग्रहहरुका स्थितिका कारण केही राशिहरुले मे महिनामा माता लक्ष्मीको विशेष कृपा प्राप्त गर्नेछन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यो महिना तपाईको मानसिक तनाव कम हुन् सक्छ। ग्रहको स्थितिको कारण तपाईले कठिनाईहरुको कम सामना गर्नुपर्नेछ। १५ मे पछि तपाईले आफ्नो आत्मविश्वासमा वृद्धि भएको पाउनुहुनेछ। कार्यालयमा उच्च-अधिकारीहरुका साथ-सहयोग पाउनुहुनेछ। कार्यस्थलमा कसैलाई कटुवचन लगाउनुहोला। व्यापारीहरुका लागि १५ मे पछिको समय नाफामूलक देखिन्छ। प्रेमी-प्रेमिकाहरुले एक-अर्कालाई पर्याप्त समय दिनुहोस्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आध्यात्मिकतर्फ तपाईको झुकाव बढ्नेछ। ग्रहको स्थितिले तपाईको आत्मविश्वास बढाउँछ। कार्यक्षमतामा वृद्धि हुनेछ। महिनाको मध्यतिर तपाईले सफलता प्राप्तिको लागि कडा मेहनत गर्नुपर्नेछ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेकाहरुका लागि समय अनुकूल छ। जागिर छोडेर आफ्नै व्यवसाय सुरु गर्न मनसाय बनाएका जातकका लागि पूरा महिना महत्वपूर्ण छ। घरसँग सम्बन्धित महत्वपूर्ण निर्णय लिनुहुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
१५ मे सम्म मकर राशिले क्रोधको सामना गर्नुपर्नेछ। ४ मे पछि तपाई काममा सक्रिय हुनुहुनेछ। यो महिनाको २३ तारिखसम्मम तपाईले जागिरसम्बन्धित कार्यमा धैर्यता अपनाउन आवश्यक छ। जागिरमा राम्रो अवसर प्राप्त हुनेछ। व्यवसायीले प्रगति गर्नेछन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
महिनाका सुरुवाती दिनहरु शुभ छन्। यो महिना फाल्तु खर्च धेरै हुनेछ। सुन-चाँदीको कारोबारबाट प्रशस्तै मुनाफा कमाउनुहुनेछ। अविवाहितहरुले विवाहको प्रस्ताव पाउन सक्छन्। यो महिना आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। चोटपटक लाग्ने खतरा छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यो महिना ठूलो धनराशिको लगानी कतै नगर्नुहोस्। तपाईको आर्थिक स्थितिमा परिवर्तन आउनेछ। यस अवधिमा कुनै खाले लापरवाही नगर्नुहोस्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूका लागि समय राम्रो छ। १५ देखि २९ मे सम्मको समयमा तपाईले आफ्नो रिसलाई काबूमा राख्नुपर्नेछ। तपाईको स्वास्थ्य अवस्था बिग्रिन् सक्छ। जीवनसाथीको सहयोग मिल्नेछ।