सूर्यग्रहणको कारण यी ५ राशिलाई बढ्यो कठिनाई, जेठ १ गतेसम्म रहनुस् सतर्क

काठमाडौँ :  सूर्यग्रहणलाई धार्मिक दृष्टिले अशुभ घटना मानिन्छ। ग्रहणको समयमा कुनै पनि शुभ र माङ्गलिक कार्य गरिदैन। ज्योतिषीय मान्यता अनुसार राहुले सूर्यलाई हमला गर्दा सूर्यग्रहण लाग्छ। सूर्य अहिले मेष राशिमा विराजमान गरिरहेको छ र यहीँ कारण ग्रहण मेष राशिमा लागेको थियो। ज्योतिषाचार्यका अनुसार सूर्यग्रहणको अशुभ प्रभाव कम से कम १५ दिनसम्म जातकको जीवनमा पर्छ। बैशाख १७ गते मातातीर्थ औँसीको दिन लागेको सूर्यग्रहणको प्रभाव कुन-कुन राशिमा पर्छ त ?

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सूर्यग्रहण मकर राशिको चौथो भावमा लागेको थियो। यहीँ कारण मकर राशिका व्यक्तिले अशुभ प्रभावको सामना गर्नुपर्ने हुन् सक्छ। तपाईको स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ। दाम्पत्य सम्बन्धमा उतारचढाव आउन सक्छ। आर्थिक मामिलामा विशेष सावधानी अपनाउनुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सूर्य कन्या राशिको आठौँ भावमा लागेको थियो। सूर्यग्रहणको अशुभ प्रभावले तपाईको करियरमा उतारचढाव आउन सक्छ। व्यापार र जागिरमा कुनै निर्णय हतारमा नलिनुहोस्। मेहनतको पूरा फल मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिको सातौँ भावमा सूर्यग्रहण लागेको थियो। यहीँ ग्रहणको प्रभावका कारण विद्यार्थीहरुले शैक्षिक क्षेत्रमा कठिनाईको सामना गर्नुपर्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले आजित पार्नेछ। मुद्दा-मामिलामा फस्ने सम्भावना छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सूर्यग्रहण वृष राशिको १२ औँ भावमा लागेको थियो। ग्रहणको अशुभ प्रभावका कारण तपाईको आत्मविश्वासमा कमी आउन सक्छ। सानातिना कुरामा रिस उठ्न सक्छ। पार्टनरसँग मनमुटाव हुनेछ। भाग्यले खासै साथ दिदैन।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सूर्यग्रहण मीन राशिको दोस्रो घरमा लागेको थियो। यहीँकारण तपाई जेठ १ गतेसम्म सावधानी अपनाउनुपर्छ। यस समयमा कुनै पनि खाले निर्णय सोचविचार गरेर मात्र लिनुहोस्। कसैबाट धोका पाउनुहुनेछ।

प्रकाशित : बुधबार, बैशाख २१, २०७९१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख २२ गतेको राशिफल : चुनौतीपूर्ण रहनेछ यी राशिलाई बिहिबारको दिन, लेन-देनमा सावधानी रहनुस्