जीवनमा सफलता हासिल गर्न कुखुराबाट सिक्नुहोस् यी ४ गुण

काठमाडौँ : महान बुद्धिजीवी र रणनीतिज्ञ आचार्य चाणक्यले आफ्नो जीवनको अनुभवलाई आफ्नो नीति शास्त्रमा वर्णन गरेका छन्। चाणक्य नीति शास्त्रमा उल्लेखित कुराहरु यदि मानिसले आफ्नो जीवनमा लागू गर्ने हो भने ऊ निरन्तर प्रगतिको बाटोमा अगाडी बढ्न सक्छ। चाणक्य नीतिमा जीवनको हरेक मोडमा आउने समस्यालाई बुद्धिमानीपूर्वक समाधान गर्ने उपाय पनि बताईएको छ। आचार्य चाणक्यले चाणक्य नीतिको एक अध्यायमा कुखुराको गुणका बारेमा उल्लेख गरेका छन्। यदि व्यक्तिले आफ्नो जीवनमा सफलता हासिल गर्न चाहन्छ भने कुखुराका यी ४ गुणहरु अपनाउनुपर्छ।

१. सूर्योदय अघि उठ्नुहोस् : – 

चाणक्य नीति अनुसार जसरी कुखुरा सूर्योदय अघि उठ्छ त्यसरी नै मानिस पनि सबेरै उठ्नुपर्छ। बिहान चाँडै उठेमामा व्यक्तिको जीवनमा सकारात्मक ऊर्जाको प्रवाह हुन्छ। बिहान सबेरै उठ्ने मानिसहरू दिनभर धेरै ऊर्जावान रहन्छन् र आफ्नो काम राम्रोसँग गर्न सक्षम हुन्छन्।

२. परिवार र साथीलाई उनीहरुको भाग दिनुहोस् : – 

जसरी कुखुराले आफ्नो परिवार र समूहसँग मिलेर बाँडीचुँडी खान्छन्, त्यसैगरी मानिसले पनि जीवनमा सुखी रहनको लागि आफ्नो परिवार तथा साथीभाईहरुलाई बाँडफाँट गरेर भाग दिनुपर्छ। अरु भाग खाने मान्छे जीवनमा कहिल्यै खुशी रहन सक्दैन्।

३. युद्धको लागि हरबखत तत्पर रहनुहोस् : – 

आचार्य चाणक्य अनुसार कुखुरा हरेक परिस्थितिमा सचेत रहन्छ। दुश्मनको चाल पाउनेबित्तिकै युद्धको लागि तयार हुन्छन्। त्यसैगरी मानिसले पनि आफ्नो वरपरका शत्रुहरुको पहिचान् गरी रणनीतिका साथ अघि बढ्नुपर्छ। अनि मात्र जीवनमा सफलता प्राप्ति हुन्छ।

४. आफ्नो मेहनतको मात्र खानुहोस् : – 

अरु माथि निर्भर रहने व्यक्ति जीवनमा कहिल्यै सन्तुष्ट र खुशी रहन सक्दैन। त्यसैले चाणक्य नीति अनुसार मानिसले कुखुराले जस्तै मेहनत गरेर कमाएर खानुपर्दछ। समाजमा पनि सम्मानको हकदार हुन्छन्।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९१६:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख पूर्णिमामा वृश्चिक राशि र विशाखा नक्षत्रमा लाग्दैछ चन्द्रग्रहण, ३ राशिलाई बनाउनेछ सम्पन्नशाली