बैशाख पूर्णिमामा वृश्चिक राशि र विशाखा नक्षत्रमा लाग्दैछ चन्द्रग्रहण, ३ राशिलाई बनाउनेछ सम्पन्नशाली

काठमाडौँ : चन्द्रग्रहणलाई वैज्ञानिक र ज्योतिष दुबै दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो विश्वास गरिन्छ कि ग्रहणले सबै राशिका मानिसहरूलाई आंशिक वा पूर्ण रूपमा असर गर्छ। सन् २०२२ मा कुल ४ वटा ग्रहण हुनेछन्। जसमा २ सूर्यग्रहण र २ चन्द्रग्रहण हुनेछन्। सन् २०२२ को पहिलो सूर्यग्रहण ३० अप्रिलमा लागेको छ भने अब पहिलो चन्द्रग्रहण पनि लाग्ने भएको छ। जुन वैशाख पूर्णिमा वा बुद्ध पूर्णिमा मे १६ मा लाग्नेछ। यो ग्रहणले कुन ३ राशिलाई शुभ परिणाम दिन्छ त ? जान्नुहोस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि यो वर्षको पहिलो चन्द्रग्रहण शुभ रहनेछ। यस राशिका मानिस जो व्यापारमा रहेका छन्, ठूलो लाभ प्राप्त गर्ने सम्भावना रहेको छ। जागिरेले पदोन्नति पाउन सक्छन्। यदि तपाईं लगानी गर्ने योजना बनाउनुहुन्छ भने, यो समय उपयुक्त साबित हुनेछ। परिवारमा सुख शान्तिको वातावरण रहनेछ। वैदेशिक रोजगारीको सपना पूरा हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो ग्रहण यस राशिका मानिसहरुका लागि पनि शुभ साबित हुनेछ। आर्थिक अवस्था राम्रो रहनेछ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। वरिष्ठ अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। काममा राम्रो पदोन्नति हुने आशा रहेको छ। आम्दानीका साधन बढ्ने सम्भावना छ, जीवनसाथीको हरेक काममा सहयोग मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो राशिका लागि ग्रहण शुभ रहनेछ। राम्रो काम पाउने प्रबल सम्भावना छ। विभिन्न स्रोतबाट धन आर्जन हुनेछ। रोकिएका काम पूरा हुनेछन्। कतै घुम्ने योजना बन्न सक्छ। साथीभाइको पूर्ण सहयोग प्राप्त गर्न सकिनेछ। हतारमा कुनै पनि निर्णय नगर्नुहोस्, अन्यथा घाटा हुन सक्छ।

(नोट : – जेठ २ गते सोमबार बैशाख शुक्लपक्षको पूर्णिमाको दिन लाग्ने यो चन्द्रग्रहण नेपालबाट देखिनेछैन। जसले गर्दा यसको सूतक काल मान्य हुनेछैन्। )

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९१८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मायावी ग्रह राहुको प्रभावले २ राशिको रातारात चम्किनेछ भाग्य, जीवनमा हुनेछ सुख-समृद्धिको बास