७५ दिनसम्म सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुनेछ ३ राशिलाई, शनिदेवको रहन्छ कृपादृष्टि

काठमाडौँ : शनिको गोचर धेरै महत्त्वपूर्ण हुन्छ। न्यायको देवता मानिने शनिको आशीर्वाद रहने मानिस राजाको रूपमा जीवन बिताउँछ भने नराम्रो नजर पर्ने मानिस करोडपतिबाट रोडमा आइपुग्छन्। बैशाख १६ गते(अप्रिल २९) शुक्रबार ३० वर्षपछि शनिले आफ्नै कुम्भ राशिमा प्रवेश गरेको छ। शनिको राशिमा भएको यो परिवर्तनले ठूलो परिवर्तन ल्याउनेछ। तर, साढे दुई वर्षमा राशि परिवर्तन गर्ने शनि अहिले ७५ दिनका लागि मात्र कुम्भ राशिमा रहनेछन्।

शनि प्रतिगामी हुनेछन्

असार २८ गते(जुलाई १२) मङ्गलबारपछि शनि प्रतिगामी हुनेछ र फेरि आफ्नै राशि मकर राशिमा प्रवेश गर्नेछ। यसका साथै केही राशिमा शुभ प्रभाव र केहीमा अशुभ रहनेछ। अहिले शनिदेवले ३ राशिका मानिसका लागि ७५ दिनसम्म निकै शुभ फल दिनेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिहरुका लागि कुम्भ राशिमा शनिको गोचर राम्रो रहेको छ। शनि यस राशिका मानिस प्रति धेरै दयालु रहनेछन्। शनिको कृपाले राम्रो धन प्राप्त हुनेछ। काममा होस् या व्यापारमा राम्रो सफलता मिल्नेछ। धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पदोन्नति हुन सक्छ। पुरानो रोग निको हुन सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि शनिको राशि परिवर्तन राम्रो रहनेछ। ७५ दिन कुम्भ राशिमा बस्दा शनिले यी व्यक्तिहरूलाई करियरमा बलियो लाभ दिनेछ। नयाँ काम पाउन सकिनेछ। कार्यस्थलमा मान सम्मान प्राप्त गर्न सकिनेछ। भाग्यको सहयोगले सबै काम पुरा हुनेछन्। व्यापारीहरूले पनि मनग्य आम्दानी गर्नेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शनि कुम्भ राशिमा प्रवेश गर्नेबित्तिकै धनु राशिका मानिसहरूले साढे सातीबाट मुक्ति पाएका छन्। अब उनीहरुका रोकिएका कामहरु बन्न थालेका छन्। पदोन्नति तथा मान-सम्मान पाउन सकिनेछ। शनि ग्रहसँग सम्बन्धित वस्तुको व्यापार गर्नेहरूलाई फाइदा हुनेछ। कुल मिलाएर ७५ दिनसम्म मात्र शनिले लाभ दिनेछन्।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति : यी ४ काम गरेपछि तत्कालै स्नान गरिहाल्नुपर्छ