काठमाडौँ : आचार्य चाणक्यका नीतिहरुबारे अनभिज्ञ विरलै होलान्। आचार्य चाणक्यले चन्द्रगुप्त मौर्यलाई शक्तिशाली सम्राट बनाएका थिए। चाणक्य इतिहासका एक महान ज्ञाता र कुशल राजनीतिज्ञ थिए। उनीद्वारा लिखित चाणक्य नीति पुस्तकमा जीवनका हरेक पक्षसँग सम्बन्धित नीतिका बारेमा उल्लेख गरिएको छ। उनले स्वस्थ रहनका लागि थुप्रै नीतिहरु बताएका छन्। यहाँ हामी तपाईलाई बताउँछौँ, मनुष्यले यी ४ कार्य गरेपछि नुहाउनुपर्छ।
तैलाभ्यङ्गे चिताधूमे मैथुने क्षौरकर्मणि।
तावद् भवति चाण्डालो यावत् स्नानं न चाचरेत्।
चाणक्यका अनुसार मानिसले कपाल काटेपछि तुरुन्तै नुहाउनुपर्छ। कपाल काटिसकेपछि शरीरमा स-साना रौं टाँसिन्छ जुन आँखा, कान या नाकभित्र पस्न सक्छ। जुन शरीरको लागि हानिकारक साबित हुन सक्छ।
चाणक्यका अनुसार स्वस्थ शरीरका लागि हप्तामा दुईपटक तेलले मालिश गर्नुपर्छ। यसो गर्दा शरीरका स-साना छिद्रहरु खुल्छन् र भित्रका सबै फोहोर बाहिर निस्किन्छ। तर तेल मालिश गरेपछि तुरुन्तै स्नान गर्नुपर्छ। तेलले मालिश गरपछि घरबाहिर निस्कनु अशुभ मानिन्छ र शरीरका लागि हानिकारक साबित हुन् सक्छ।
शारीरिक सम्बन्ध राखेपछि पनि तुरुन्तै नुहाउनुपर्छ किनकी सम्बन्ध राखेपछि शरीर अपवित्र हुन्छ। जसकारण कुनै पनि शुभ काम या पूजा-पाठ इत्यादि गर्न सकिदैन्। स्वास्थ्यको दृष्टिले पनि सम्बन्धपछि नुहाउनु आवश्यक मानिन्छ।
मलामी गएपछि पनि स्नान गर्नुपर्छ। मसानघाटमा अनेकखाले किटाणु हुन्छ, जुन शरीरमा टाँसिन सक्छ। धार्मिक दृष्टिकोणले मानिसको शवयात्रामा गएपछि नुहाउनु आवश्यक मानिन्छ ।