काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार हरेक ग्रह एक निश्चित समयावधिमा एक राशिबाट अर्को राशिमा गोचर गर्छ। ग्रह गोचरको प्रत्यक्ष प्रभाव मानव जीवन र पृथ्वीमा पर्छ। शुक्र ग्रह वैभव र विलासिताका लागि परिचित छ। धन र ऐश्वर्यको दाता शुक्रदेवले गुरुदेव बृहस्पतिको स्वराशि मीन राशिमा प्रवेश गरेको छ र यहाँ जेठ ९ गते(२३ मे) सोमबारसम्म विराजमान गर्नेछ। जसको असर सबै १२ वटै राशिहरुमा पर्नेछ। तर १२ मध्ये ३ राशिका जातकलाई विशेष धनलाभ हुने देखिन्छ। अन्य स्थिती सामान्य रहेमा अर्थ ज्योतिषको नियम अनुसार, शुक्र ग्रह शेयर बजार बढाउने ग्रह हो। जसकारण शेयर बजार बढ्ने भविष्यवाणी गर्न सकिन्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
शुक्रदेवले नवम भावमा गोचर गरेको छ। जसलाई भाग्य र विदेश यात्राको भाव मानिन्छ। यसकारण यस समयमा तपाईलाई भाग्यले पूर्ण साथ दिनेछ। साथै लामो समयदेखि अलपत्र परेका काम पूरा हुनेछन्। व्यापारमा ठूलो सम्झौता हुन् सक्छ, जुन भावी समयका लागि फाइदाजनक साबित हुनेछ। व्यवसायिक यात्रामा निस्कनुहुनेछ। मनग्यै धन लाभ हुनेछ। शुक्रदेव तपाईको चतुर्थ भावको स्वामी हो। जसलाई सुख, माता र वाहनको भाव भनिन्छ। यसर्थ यस अवधिमा तपाईले प्रचुर भौतिक सुख-सुविधाको भोग गर्नुहुनेछ। घर-जग्गा तथा वाहन खरिद-बिक्री तपाईको लागि लाभकारी सिद्ध हुनेछ। यस समयमा तपाईलाई माताको पूर्ण सहयोग प्राप्त हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि शुक्रको राशि परिवर्तन लाभदायक साबित हुन् सक्छ किनकी शुक्र ग्रहले दशम स्थानमा गोचर गरेको छ। जसलाई कर्मक्षेत्र र कामको भाव भनिन्छ। यसकारण यस समयमा तपाईको आयमा बढोत्तरी हुनेछ। साथै नयाँ जागिरको प्रस्ताव आउन सक्छ। यदि कतै काम गर्दै हुनुहुन्छ भने तपाईको बढुवा एवं तलबवृद्दिसँगै तपाईको काम कार्यशैलीको तारिफ हुनेछ। यस अवधिमा तपाईको आर्थिक स्थितिमा पनि सुधार आउनेछ। तपाईको कार्यशैलीमा निखारता आउनेछ, जसले गर्दा तपाई सम्मानित हुनुहुनेछ। मिथुन राशिमा बुध ग्रहको आधिपत्य हुन्छ र ज्योतिष शास्त्र अनुसार शुक्रदेव र बुधदेव बीच मित्रताको भाव हुन्छ। त्यसैले यो गोचर मिथुन राशिका लागि शुभ फलदायी साबित हुन् सक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
शुक्रको गोचर वृष राशिका लागि लाभदायक साबित हुन् सक्छ। शुक्रदेवले ११ औँ भावमा गोचर गरेको छ। जसलाई आय र लाभको स्थान भनिन्छ। तसर्थ यस अवधिमा तपाईको आयमा बढोत्तरी हुनेछ। साथै आयका नयाँ श्रोतहरु सिर्जना हुनेछ, जसले भावी दिनमा तपाईलाई लाभ पुर्याउनेछ। व्यापारमा कुनै नयाँ सम्झौता हुन् सक्छ। वैदेशिक व्यापारसँग सम्बन्धित व्यक्तिहरुले यस अवधिमा राम्रो धनलाभ गर्नेछन्। साथै नयाँ कारोबार खोल्नको लागि पनि यो समय अनुकूल छ। वृष राशिको स्वामी शुक्रदेव हो। जसकारण यो गोचर वृष राशिलाई अझ सर्वाधिक फलदायी हुनेछ।
चर्चित ज्योतिषाचार्यका अनुसार