भगवान शिवलाई मानिन्छ सृष्टि संहार कर्ता, पूजाको समयमा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती !

आज सोमबार व्रत, आजको दिन भगवान शिवको विशेष विधि अनुसार भगवान शिवको पूजा आराधना गर्ने गरिन्छ । भगवान शिवलाई त्रिमूर्ति मध्ये एक हुनुहुन्छ। उनलाई ब्रह्माण्डको संहारक पनि मानिन्छ। अन्य भगवान भन्दा भगवान शिवलाई निकै दयालु मानिन्छ । जब भगवान शिव कसै प्रति प्रसन्न हुन्छन् उसले जीवनमा सम्पूर्ण सुख-सुबिधा प्राप्त गर्दछ ।

जसले भगवान शिवको सोमबारको दिन साँचो मनले पूजा गर्नाले मनोकामना पूरा हुने  । जसका कारण मानिसहरु सोमबार व्रत बसेर शिव मन्दिरमा भक्तिको साथ भगवान शिवको नाममा  बेलपत्र र दूध चढाउने गर्छन् । सबैलाई थाहा नहुन सक्छ की  भगवान शिवको पूजा सोमबार मात्र किन गरिन्छ ?

सोमबार भगवान शिवको नाममा  व्रत बसेर भगवान शिवको पूजा आराधना गर्नाले भोलेनाथाको कृपा प्राप्त हुने जनविश्वास रहेको छ । शिवले भक्ति पूर्वक उनको पूजा आरधना गर्ने भक्तहरूको सबै मनोकामना पूरा गर्नु हुने मान्यता रहेको छ। साथै सोमबार व्रत राख्नाले जीवनबाट दु:ख, रोग, कलह र आर्थिक बाधा हट्छ ।

भगवान शिवको पूजा गर्दा नगर्नुहोस् यस्ता गल्ती

सोमबार व्रत धेरै सरल मानिन्छ,  तर यो व्रत पालन गर्न केही नियमहरू छन्। ती नियमहरू पालना गर्न आवश्यक छ। सोमबारको व्रत र पूजामा धेरै पटक केही गल्ती हुने गर्दछ र यस्ता गल्तीका कारण व्रतको फल नपाउने गरेको बताइन्छ ।  सोमबार भगवान शिवको पूजा आराधना गरिन्छ र यस दिन व्रत बस्दा भगवान प्रसन्न भई भक्तजनको मनोकामना पूरा हुन्छ । तर शिवको पूजामा भुलेर पनि यस्तो गल्ती नगर्नुस् ।

गल्तीले पनि तामाको भाँडोमा दूध नहाल्नुहोस् । तामाको भाँडोमा दूध हाल्दा दूधमा अशुद्ध हुन्छ र चढाउन मिल्दैन । शिवलिंगमा दूध, दही, मह वा अन्य कुनै वस्तु चढाएपछि जल अभिषेक गर्नु पर्दछ तब मात्र जलाभिषेक पूरा हुन्छ।

शास्त्रका अनुसार शिवलिंगमा रोली र सिन्दुरको तिलक कहिल्यै लगाउनु हुँदैन।  शिवलिंगमा सधैँ चन्दनको तिलक लगाउनुहोस्।  भगवान शिवको मन्दिरमा परिक्रमा गर्दा पूर्ण परिक्रमा गर्नु हुँदैन भन्ने कुरामा ध्यान दिनुहोस् । जहाँ दूध बग्छ रोक्नुहोस् र फर्कनुहोस्।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१५:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि ढैय्याबाट मुक्त भए २ राशि : जीवनमा आउनेछ उल्लेखनीय सुधार, चम्किनेछ भाग्य