अङ्ग प्रदर्शन गर्न खप्पिस सुरविना कार्कीका बो_-ल्ड लुक्स [फोटोफिचर]

काठमाडौँ :  चलचित्र ‘झेली’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की। सुरुवाती चरणमा फोटोसुट र चलचित्रमा हट दृश्य दिएकै कारण उनले राम्रै चर्चा पाइन्। पछिल्लो समय उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्।

सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा सुरविनाको राम्रो फ्यान फलोइङ छ। आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा उनको सक्रियता बढ्दो छ। उनले सामाजिक सञ्जालमा अपलोड गर्ने तस्बिरहरुले गतिलै चर्चा पाएको हुन्छ। हरेक फोटोमा अङ्ग प्रदर्शन गर्न खप्पिस उनको यस्तो बानीले उनका फ्यान्सलाई अझ लोभ्याएको छ। तस्बिरहरुमा प्राय: उनी बो_-ल्ड अवतारमै देखिन् खोज्छिन्।

डेब्यु फिल्म ‘झेली’ मा उनले अनिल थापासँग जोडी बाँधेकी थिईन्। ‘झेली’ पछि सुरविनाले आर्यन सिग्देलसँग नाइकेमा अभिनय गरिन्। नाइकेपछि स्क्रिप्ट र सहकलाकार चित्त नबुझेर धेरै अफर त्यागेको बताउने उनले सुश्रीबाट भने राम्रै क्रेडिट पाइन्। श्रीराम दाहालको निर्देशनमा बनेको फिल्म ‘लुकामारी’ मा कर्मा र सौगात मल्ल लगायतका कलाकारसँग काम गरेकी थिईन्।

सिन्धुलीमा जन्मिएकी चञ्चले स्वभावकी सुरविना कार्की छोटो समयमै म्युजिक भिडियोमा पनि छाएकी छिन्। उनी अभिनित थुप्रै म्युजिक भिडियोहरुले राम्रै लोकप्रियता पाएको छ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१३:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘केजिएफ २’ को अगाडि बलिउड चलचित्र ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ व्यापार दयनीय !