अहिले दक्षिण भारतको चलचित्र ‘केजिएफ २’ प्रदर्शनमा आएको तेस्रो हप्ता भइसक्दा पनि मानिसहरुमा चलचित्र प्रतिको मोह कम भएको छैन । भने यही क्रम गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई बलिउड चलचित्रको अहिले दयनीय अवस्था भएको छ । अहिले बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ कमाइले लगानी पनि उठाउन नसक्ने अवस्थामा पुगेको छ ।
चलचित्र ‘केजीएफ २’ अहिले प्रदर्शनमा आएको तेस्रो हप्ता पुग्दा पनि अझै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यस चलचित्रले हिन्दी भाषामा नै ३५० करोड भन्दा बढीको कमाइ गरेको छ । अहिले यस चलचित्रको विश्व भरको कमाइको कुरा गर्दा झन्डै हजार करोड भन्दा बढीको कमाइ गरेको छ । केजीएफ २’ १००० करोड भन्दा बढी कमाइ गर्ने चौथो चलचित्र बनेको छ ।
त्यस्तै अहिले बलिउडलाई चलचित्र क्षेत्रको खम्बा मानिए पनि अहिले बलिउड अभिनेता टाइगर अभिनीत ‘हिरोपन्ती २’ र जय देवगन अभिनीत फिल्म ‘रनवे ३४’को व्यापार दयनीय अवस्थामा पुगेको छ । अहिले यी दुई चलचित्रलाई सुरुवाती हप्तामा पनि ५ करोड कमाउन मुश्किल भएको अवस्थामा प्रदर्शनमा आएको तेस्रो हप्ता पुग्दा पनि चलचित्र ‘केजीएफ़’ ले भने ७ करोड कमाएको छ ।
अहिले गत शुक्रबारबाट केही बलिउड चलचित्र प्रदर्शनमा आए पनि चलचित्र ‘केजीएफ’ को व्यापारलाई कुनै असर नपरेको बताइएको छ । बरु अहिले ‘केजीएफ’ सँग भिड्ने चलचित्रको व्यापार चौपट भएको बताइएको छ ।