कलियुगको दण्डाधिकारी ‘शनि’ कुम्भ राशिमा, यी ५ राशिको जीवनमा मच्चाउनेछ हलचल

काठमाडौँ : शनिलाई कलियुगको दण्डाधिकारी, कर्मफलदाता र न्यायाधीश पनि भनिन्छ। मानिसहरु साढे दुई वर्षदेखि शनिको राशि परिवर्तनको प्रतिक्षामा थिए। अन्तत: बैशाख १६ गते शुक्रबार दिउँसो शनि मकर राशिबाट निक्लिएर कुम्भ राशिमा प्रवेश गरेको छ। शनिको यो राशि परिवर्तनले कुन-कुन राशिलाई प्रभावित पार्छ त ?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शनिको राशि परिवर्तन वृष राशिका लागि विशेष हुनेछ। काममा सफलता पाउन लामो समयदेखि सङ्घर्ष गरिरहेकाहरुलाई शनिको यो राशि परिवर्तनले राम्रो नतिजा प्रदान गर्दछ। तपाईको प्रतिभाको कदर हुनेछ। तपाईको कामलाई बेवास्ता गर्नेहरूले अब त्यसो गर्न सक्ने छैनन्। तपाईको कार्य कुशलतामा वृद्धि हुनेछ। धनको अभाव हट्नेछ। ऋणबाट मुक्ति पाउनुहुनेछ। नयाँ कामको थालनी गर्न सकिनेछ। प्रेम सम्बन्धमा उतारचढाव आउन सक्छ। धैर्य रहनुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शनिको यो राशि परिवर्तनले कर्कट राशिका लागि चुनौतीको चाङ थुपार्नेछ। कर्कट राशिमा शनिको ढैय्या सुरु हुनेछ। शनिको ढैय्याले धन, स्वास्थ्य र दाम्पत्य जीवनलाई प्रभावित पार्छ। यस अवधिमा धन खर्च बढी हुनेछ। रोग व्याधिले सताउन सक्छ। यो समय तपाईका लागि चुनौतीले भरिपूर्ण रहनेछ। त्यसैले धेरै सावधान रहनुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिलाई शनिदेवको उच्च राशि मानिन्छ। यस राशिका मानिसहरुमाथि शनिदेवको शुभ दृष्टि रहन्छ। तर तुला राशि यतिबेला शनि ढैय्याबाट पीडित छ। तर यहीँ वर्ष शनिको यस दशाबाट मुक्ति पाउनेछ। शनि कुम्भ राशिमा प्रवेश गरेसँगै तुला राशि शनिको दशाबाट मुक्त भएको छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शुक्रबार शनिले कुम्भ राशिमा प्रवेश गरेसँगै वृश्चिक राशिमा शनिको ढैय्या सुरु भईसक्यो। वृश्चिक राशिको स्वामी मङ्गल हो। शनिको ढैय्याले यस अवधिमा तपाईको क्रोध बढाउन सक्छ। गलत निर्णयले जीवन प्रभावित हुन सक्छ। योजना असफल हुन सक्छ। धनको मामिलामा विशेष ध्यान दिनु पर्ने देखिन्छ। जीवन साथीको ख्याल राख्नुहोस्। विवाद र तनावबाट टाढा रहनुहोस्। शनिबारको दिन  शनिदेवको पूजा-अर्चना गरी शनिको ढैय्याबाट राहत पाउन सकिन्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कुम्भ राशिमा शनिको गोचरसँगै धनु राशिले शनिको साढेसातीबाट मुक्ति पाएको छ। यसका साथै धन लाभको शुभ संकेत पनि रहेको छ। यस राशिका रोगीहरुले रोग-व्याधिबाट छुटकारा पाउनेछन्। जीवन सुख-समृद्धि र धन वैभवले भरिनेछ। उनीहरुलाई भाग्यले पूर्ण साथ दिनेछ। विवाहबन्धनमा आएका बाधा-अड्चनहरु हट्नेछन्।

प्रकाशित : आइतबार, बैशाख १८, २०७९१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो हो संसारकै सबैभन्दा शक्तिशाली चीज, यसको अगाडी जोकोहीँ हुन्छन् नतमस्तक