यो हो संसारकै सबैभन्दा शक्तिशाली चीज, यसको अगाडी जोकोहीँ हुन्छन् नतमस्तक

काठमाडौँ : आचार्य चाणक्यको नीति र विचार अलिकति कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो। भागदौडपूर्ण जिन्दगीमा उनका विचारहरुलाई बेवास्ता गरेपनि उनका वचन जीवनका हरेक मोडमा उपयोगी साबित हुन्छ। आचार्य चाणक्यका तिनै विचारहरुमध्ये एक अर्को विचारको बारेमा विश्लेषण गर्नेछौँ। आचार्य चाणक्यले सबैभन्दा शक्तिशाली कुराको बारेमा आफ्नो मत राखेका छन्। के हो त त्यो खासमा ?

श्लोक

कालः पचति भूतानि कालः संहरते प्रजाः।
कालः सुप्तेषु जागर्ति कालो हि दुरतिक्रमः॥

समयमा सबै चिज विलय हुन्छन, समयले जन्मेकालाई संहार गर्दछ।
समय सुतेकाहरुमा पनि सक्रिय रहन्छ, समय अजेय छ।

Time devours all things, Time kills all that are born.
Time is awake while all else sleeps, Time is insurmountable.

आचार्य चाणक्यको यो भनाइ अनुसार काल यस्तो चीज हो, जसमा सबै चीज विलय हुन्छन् र जसले सृष्टिलाई नष्ट गर्छ। यो प्राणी सुत्दा पनि चलायमान हुन्छ। यो यति शक्तिशाली छ कि कसैले सामना गर्न सक्दैन। अर्थात् संसारमा सबैभन्दा शक्तिशाली एउटा चीज छ र त्यो हो काल यानी समय। काललाई पराजित गर्न असम्भव छ र हरकोहीँ यसको अगाडी नतमस्तक हुन्छन्।

कुनै पनि प्राणी समय भन्दा अघि सर्दैन। जब कसैको काल आउँछ , त्यस व्यक्तिलाई कसैले पनि पनि बचाउन सक्दैन। अर्थात् जब कसैको समय आउँछ, उसको अगाडी सबैथोक बेकार हुन्छ र समय नै एक यस्तो चीज हो जुन कहिल्यै रोकिदैन्। यसले मनुष्यलाई सर्लक्कै निल्न सक्छ।

आचार्य चाणक्यजीको भनाई अनुसार ब्रह्माण्डको सृष्टि पनि समय भन्दा अगाडि बढ्दैन। यदि सृष्टिको समय आएको छ भने त्यो पनि क्षणभरमै नष्ट हुन्छ। त्यसैगरी समयले पनि कुनै पनि प्राणीको साथ छोड्दैन। कोहि सुते पनि समय उसको साथमा हुन्छ।

प्रकाशित : आइतबार, बैशाख १८, २०७९१९:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जेठ ९ गतेसम्म मीन राशिमा विराजमान गर्नेछ शुक्रले, ३ राशिलाई प्रचुर धनलाभसँगै शेयर बजार बढ्नेछ