सन् २०२२ को अन्तिम सोमवती अमावस्या केही दिनमा लाग्दै, जान्नुहोस् तिथी र पूजा विधि !

हिन्दू पात्रो अनुसार सन् २०२२ मा यस पटक २ सोमवती अमावस्या मात्र पर्ने भएको छ । यसमा ३१ जनवरीमा पहिलो सोमवती अमावस्या थियो । योसँगै दोस्रो र अन्तिम सोमवती अमावस्या मे ३० मा पर्नेछ । यसपछि यस वर्षमा सोमवती अमावस्या आउने छैन । त्यसैले यस सोमवती अमावस्याको महत्त्व झनै बढेको छ ।

सोमवती अमावस्या पूजा विधि

सोमवती अमावस्याका दिन ब्रह्म मुहूर्तमा बिहान सबेरै उठेर गंगा स्नान गर्नुपर्छ । यस दिन पवित्र नदीमा नुहाउने चलन रहे पनि त्यहाँ जान नसके घरमै नुहाउने पानीमा गंगाजल मिसाएर नुहाउन सकिन्छ । स्नान गरिसकेपछि सफा सुद्ध वस्त्र लगाएर तामाको भाँडोमा पवित्र जल लिएर सूर्यदेवलाई अर्घ्य दिनुहोस् । त्यसपछि पितृको लागि तर्पण आदि गर्नुहोस्।

विवाहित महिलाहरूले पिपलको रूखलाई विधिपूर्वक पूजा गरी परिक्रमा गर्नुहोस् । सोमवती अमावस्याका दिन पिपलको रुखको परिक्रमाको विशेष महत्त्व रहेको बताइएको छ । पिपलको रुखको परिक्रमा गर्नाले व्यक्तिको दाम्पत्य जीवनमा खुसी रहन्छ र पतिको दीर्घायु हुने जनविश्वास छ ।

सोमवती अमावस्याको महत्त्व-
धार्मिक दृष्टिले सोमवती अमावस्याको विशेष महत्त्व छ । यस दिन पितृको व्रत, पूजा र गंगामा तिल चढाउँदा धेरै पुण्य प्राप्त हुन्छ । सोमबारलाई भगवान शिव र माता पार्वतीको पूजा गर्ने दिन मानिन्छ । यस दिन पूजा-आराधना र व्रत राख्नाले सुहागको आयु लामो हुनुका साथै सौभाग्य प्राप्त हुन्छ।

यस दिन गरिने पूजाले व्यक्ति र घरमा रहेको नकारात्मक विचारलाई नष्ट गर्छ । साथै यस दिन भगवान शिवका उपासकहरूले ठूलो मात्रामा यज्ञहरू आयोजना गर्ने गर्दछन्।

प्रकाशित : आइतबार, बैशाख १८, २०७९१४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख शुक्लपक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दै, के यसले नेपालमा घोर प्रभाव पार्ला ?