काठमाडौँ : बैशाख १७ गते शनिबार मातातीर्थ औँसीको दिन सूर्यग्रहण लागेको थियो। अब सूर्यग्रहण लागेको ठिक १५ दिनपछि जेठ २ गते बैशाख शुक्लपक्षको पूर्णिमाको दिन चन्द्रग्रहण लाग्दैछ। सूर्यग्रहण बैशाख कृष्णपक्षको औँसी तिथिको दिन लागेको थियो भने चन्द्रग्रहण बैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा लाग्नेछ। यो चन्द्रग्रहण पूर्ण चन्द्रग्रहण हुनेछ। यो चन्द्रग्रहण संसारका थुप्रै कुनाकाप्चाबाट देखिनेछ तर नेपालबाट भने देखिनेछैन्। यद्यपि यसको घोर प्रभाव नेपालमा भने पर्नेछ। ग्रहणको शुभ र अशुभ प्रभाव पर्ने धार्मिक मान्यता छ।
ज्योतिष शास्त्र अनुसार जेठ २ गते सोमबार चण्डी पूर्णिमाको दिन लाग्ने चन्द्रग्रहण नेपालबाट देखिनेछैन्। दोस्रो चन्द्रग्रहण कार्तिक २२ गते मङ्गलबार कार्तिक शुक्लपक्षको पूर्णिमाको दिन लाग्नेछ, जुन नेपालबाट देखिनेछ। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्ने ज्योतिषीहरु बताउँछन्। चन्द्रग्रहण सधैँ पूर्णिमाको दिन लाग्छ। ग्रहणकालमा धेरैखाले कामहरु गर्न निषेध गरिएको छ।
पञ्चाङ्गअनुसार चन्द्रग्रहण नेपाली समयअनुसार जेठ २ गते सोमबार बिहान ७:१७ बाट सुरु भई १२:३५ मा समाप्त हुनेछ। ज्योतिष शास्त्रका अनुसार यो ग्रहण बिल्कुलै नदेखिने भएकाले यसको सुतक काल पनि नेपालमा मान्य हुने छैन।
यो ग्रहण दक्षिणी-पश्चिमी यूरोप, दक्षिणी-पश्चिमी एशिया, अफ्रिका, उत्तर अमेरिकाका अधिकांश भू–भाग, दक्षिण अमेरिका, प्रशान्त महासागर, हिन्द महासागर, एट्लान्टिक र अन्टार्कटिका लगायतका क्षेत्रहरुमा पूर्ण रुपमा देखिनेछ। नेपालमा चन्द्रग्रहण नदेखिने भएकाले यसको सूतक काल प्रभावकारी हुँदैन्।
नेपालमा चन्द्रग्रहण नदेखिने भएकाले यसको सूतक काल पनि मान्य हुँदैन्। साथै यस चन्द्रग्रहणको शुभ-अशुभ प्रभाव पनि नेपालमा पर्दैन्।