जेठ ३ गतेसम्म ३ राशिका लागि खतरानक हुनेछ शनि-मङ्गलको संयोग

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार हरेक ग्रहको स्थान परिवर्तन, उदय, अस्त, मार्गी, प्रतिगामी चालले सबै १२ वटै राशिहरुमा आफ्नो प्रभाव पार्दछ। सबै ९ ग्रहहरूले आफ्नो निश्चित अवधिपछि आफ्नो स्थान परिवर्तन गर्छन्। कुनैबेला कुण्डलीमा एक या एक भन्दा बढी ग्रह सँगै आउँछन्, जुन अवस्थालाई संयोग भनिन्छ। यसले मानव जीवनमा व्यापक रूपमा प्रभाव पार्छ।

वैदिक ज्योतिष शास्त्र अनुसार दुई शत्रु ग्रहको संयोग हुँदैछ। रातो ग्रह मङ्गल र कर्मफलदाता ग्रह शनि बैशाख १६ गते(२९ अप्रिल) देखि जेठ ३ गते(१७ मे) एउटै राशिमा रहेर संयोग बनाउनेछ। बैशाख १६ गते शुक्रबार बिहान शनि आफ्नो स्वराशि कुम्भमा गोचर गर्नेछ र यहाँ पहिलेदेखि नै अवस्थित मङ्गलसँग भेट हुनेछ। मङ्गल र शनिको यो संयोगले ‘द्वन्द्व योग’ को निर्माण हुनेछ, जसलाई अशुभ योग मानिन्छ।

वैदिक ज्योतिषमा शनिको मङ्गलसँगको संयोजनलाई धेरै तरिकाबाट महत्वपूर्ण मानिन्छ। शनि र मङ्गल दुवै एक-अर्काको शत्रु ग्रह भएकोले अहिले यिनीहरुको संयोगले बन्ने ‘द्वन्द्व योग’ले धेरै राशिको जीवनमा नकारात्मक रुपमा प्रभावित पार्ने काम गर्छ।

यी राशिका लागि खतरनाक हुनेछ मङ्गल-शनिको योग

मङ्गल-शनिको संयोगबाट बन्ने ‘द्वन्द्व योग’ को प्रभाव सबै १२ वटै राशिहरुमा पर्ने देखिन्छ तर १२ मध्ये ३ राशिका जातकले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ। आउनुहोस्, ती राशिका बारेमा जान्नुहोस् : –

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिको अष्टम भावमा शनि-मङ्गलको योग बन्नेछ। जसकारण यस राशिका जातकलाई दुर्घटना जोखिम रहन्छ। अष्टम भाव आयु, खतरा र दुर्घटनाको भाव हो। यसका साथै कार्यस्थलमा कुनै पनि जोखिम नलिनुहोस् र आफ्नो काममा मात्र ध्यान दिनुहोस्। अष्टम भावमा योग बन्नु शुभ सङ्केत होइन्। यस अवधिमा कुनै अप्रिय घटना घट्ने सङ्केत देखिन्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिको छैठौँ भाव अर्थात् ऋण, शत्रु, स्वास्थ्य, व्यवसाय र कठिन परिश्रमको भावमा शनि-मङ्गलको संयोग बन्नेछ। यस अवधिमा कन्या राशिका जातकले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्नेछ, यसका साथै आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुहोस्। शनि र मङ्गलको संयोगले स्वास्थ्यमा खराबीका साथसाथै तपाईको उपचारमा पनि धनको ठूलो हिस्सा खर्चिनुपर्ने हुनसक्छ। ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूले सजिलै थकित हुने कार्यहरु नगर्नुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शनि-मङ्गलको संयोगले कुम्भ राशिका जातकले विशेष सावधानी अपनाउनुपर्नेछ। यस अवधिमा नकारात्मक विचारहरूले तपाईको मन विचलित बनाउनेछ। स्वभावमा क्रोध, रिस र अहंकारको प्रभाव देखिन सक्छ। व्यक्तिगत जीवनसँगै कार्यस्थलमा सावधानी अपनाउनु पर्नेछ। यस अवधिमा जीवनसाथी र सहकर्मीसँग विवाद या झगडा हुने आशंका छ, जसले तपाईको छवि धुमिल्याउनेछ।

मङ्गल-शनिको अशुभ संयोगबाट बच्ने उपाय : –

प्रत्येक मङ्गलबार बजरङ्गवाण पाठ गर्नुहोस्। शनि र मङ्गलसँग सम्बन्धित वस्तुहरु दान गर्नुहोस्। शनि र मङ्गलको ग्रह शान्तिको उद्देश्यले मन्त्र जप गर्नु लाभकारी सिद्ध हुनेछ। शनि ग्रह र मङ्गल ग्रहको दोष हटाउन यज्ञ पनि गर्नु फलदायी साबित हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको अति नै प्रिय हुन्छन् यी ३ राशिका व्यक्ति, दुष्ट ग्रहको पनि हुन्छ विशेष कृपा !