शनिको अति नै प्रिय हुन्छन् यी ३ राशिका व्यक्ति, दुष्ट ग्रहको पनि हुन्छ विशेष कृपा !

शनिदेवलाई न्यायको देवता मानिन्छ। भनिन्छ कि शनिले मानिसहरूलाई उनीहरुको कर्म अनुसार फल दिन्छन्, अर्थात् राम्रो कर्मको राम्रो फल र नराम्रो कर्मको नराम्रो परिणाम। जसको कुण्डलीमा शनि बलवान हुन्छ उनीहरुलाई शनि साढे साती र शनिको ढैय्याको समयमा पनि अत्याधिक लाभ हुने सम्भावना रहन्छ भने जसको कुण्डलीमा शनिको स्थिति कमजोर हुन्छ उनीहरुलाई धेरै समस्याको सामना गर्नु पर्ने हुन्छ। भनिन्छ शनिदेवको प्रिय राशिमा शनिको महादशाले पनि त्यस्तो नराम्रो प्रभाव पार्दैन। जान्नुहोस् यी राशिफल कुन-कुन हुन्।

तुला राशि 

यो शनिदेवको उच्च चिन्ह हो। जसका कारण यसलाई शनिको प्रिय राशि पनि मानिन्छ। तुला राशिका व्यक्ति बुद्धिमान र मेहनती हुन्छन्। तिनीहरूले कसैको साथ केहि गलत भएको देख्न सक्दैनन्। तिनीहरू सधैं सत्यको पक्षमा रहन्छन्। भनिन्छ शनिको दशाले यस राशिका मानिसमा नकारात्मक प्रभाव बाँकी राशिमा जस्तो पर्दैन।

मकर राशि 

यस राशिको शासक ग्रह शनि हो। जसका कारण यसलाई शनिदेवको प्रिय राशि मानिन्छ। यस राशिका मानिस प्रतिभाशाली र बुद्धिमान हुन्छन्। आफूले हातमा लिएको जुनसुकै काममा सफलता प्राप्त गर्न सक्दो प्रयास गर्छन्। छिट्टै हार मान्दैनन्। कडा परिश्रमले जीवनमा जे पनि हासिल गर्न सक्छन्। शनिको साढे साती र शनि ढैय्याले उनीहरूमा त्यस्तो नराम्रो प्रभाव पार्दैन।

कुम्भ राशि 

यस राशिको स्वामी शनिदेवलाई मानिन्छ। यस राशिका मानिसहरु शान्तिप्रिय, अनुशासन प्रेमी, मेहनती, धैर्यवान र जिद्दी स्वभावका हुन्छन्। यस राशिका मानिस एकचोटि कुनै काम गर्ने दृढ संकल्प गरेपछि त्यसमा सफलता प्राप्त गरेपछि मात्रै राहतको सास फेर्छन्। तिनीहरूको आर्थिक अवस्था सामान्यतया राम्रो हुन्छ। छिट्टै हार मान्दैनन्। यस राशिका व्यक्तिहरूमाथि शनिदेव सधैं दयालु रहन्छन्। जसका कारण उनीहरुमा शनिको अशुभ दृष्टि रहँदैन।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१५:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि १०० वर्षपछि सूर्यग्रहण र शनिश्चरी अमावस्या एकैदिन, यी ३ राशिलाई धनलाभको प्रबल योग